२०८३ साउन १३ गते बुधवार

पत्रकारमाथि कुटपिट भएको घटनाप्रति जनपत्रकार संगठन,नेपालद्वारा गम्भीर ध्यानाकर्षण



पत्रकारमाथि कुटपिट भएको घटनाप्रति जनपत्रकार संगठन,नेपालद्वारा गम्भीर ध्यानाकर्षण

२१कार्तिक, काठमाडौं

जनपत्रकार संगठन नेपालले समाचार संकलनका क्रममा पत्रकारमाथि हातपात गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेर बहादुर बिश्वकर्माले एक विज्ञप्ति जारी गरी जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एवं जनगर्जन डटकममा कार्यरत पत्रकार मन बहादुर सहकारीमाथि मंगलबार बेलुका ४.३० को समयमा कपिलवस्तुको कृष्णनगर बडर ईलाकामा समाचार संकलन गर्ने क्रममा पत्रकार सहकारी माथी केही व्यक्तिद्वारा हातपात तथा लुटपाट गरेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात तथा लुटपाटको उक्त घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको संगठनको ठहर छ ।
कुटपिट तथा लुटपाट घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग जनपत्रकार संगठन,नेपालले माग गरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार