२०८३ असार ५ गते शुक्रवार

युक्रेनी सीमा क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनाग्रस्त



युक्रेनी सीमा क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनाग्रस्त

इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले समाचार छापेको छ ‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा रहेको हवाई अड्डामा फर्किने क्रममा रुसी हवाई बलको सु–२५ विमान दुर्घटनामा परेको छ । विमानका चालकको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ । घटना बुधबार बिहान ११ बजेको हो ।दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले यसबारे छानबिन गरिरहेका छन् । दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छ ।विमानमा रुसले बन्धक बनाएका ६५ जना युक्रेनी सेनाहरु भएको बताइएको छ । साथमा ६ जना क्रु मेम्बर र तीन जना इस्कोर्ट पनि थिए । ती सेनाहरुलाई रुसी सेनाको बदलामा सट्टा पट्टाका लागि लगिएको बुझिएको छ .

https://youtu.be/nSzzc20NhBI?feature=shared

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार