भारत–पाकिस्तानबीच युद्ध सुरु, सीमावर्ती क्षेत्रमा तनाव चुलियो
स्वाभिमान खबर
काल कुमार शाही
काठमाण्डाै, २०२५ वैशाख २३ – लामो समयदेखि चलिरहेको तनावपछि भारत र पाकिस्तानबीच २०२५ मा औपचारिक युद्ध सुरु भएको छ। बैशाख २३ गते राति १ बजेबाट युद्ध सुरु भएको छ भारत ले यसलाई सिन्दुर अप्रेसन नाम दिएको छ । केही दिन अगाडि जम्मु कस्मीर काे पहलगाममा आतंकबादीले २६ जना पर्यटककाे हत्या गरेको थियो यसमा एक नेपाली पर्यटक पनि थिए । यसले दुई देश बिचकाे सम्बन्ध चिसिएकाे थियो । अहिले युद्ध घोषणा गर्दै दुवै देशले आक्रमण सुरु गरेका छन्।
भारतको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानले सीमामा गरेको अतिक्रमण र आतङ्कवादी घुसपैठको जवाफस्वरूप कारबाही थालिएको जनाएको छ। उता पाकिस्तानले भने भारतले सीमामा युद्ध भड्काएको आरोप लगाएको छ।
दुवै देशले एकअर्कामाथि आरोपप्रत्यारोप गर्दै सीमामा सैनिक परिचालन तीव्र बनाएका छन्। विशेषगरी जम्मु–कश्मीर क्षेत्र तनावको मुख्य केन्द्र बनेको छ। भारतले पाकिस्तान का ६ ठाउँमा आक्रमण गरेको खबर रहेको छ । क्षतिकाे एकिन तथ्यांक आउन बाँकी छ ।
संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायद्वारा चिन्ता
भारत–पाकिस्तानबीच युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका, र चीनले तत्काल युद्ध रोक्न र वार्ताको बाटो रोज्न आग्रह गरेका छन्। सन् १९४७ पछि दुई देशबीच यो पाँचौँ पटकको युद्ध हो।
नेपालको स्थिति
छिमेकी मुलुक नेपालले युद्धबारे औपचारिक प्रतिक्रिया नदिए पनि परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शान्ति र संयम अपनाउन दुबै पक्षलाई आग्रह गर्ने तयारीमा रहेको छ। युद्धले दक्षिण एशियामा अस्थिरता बढ्ने संकेत देखिएको छ।
नागरिकको पीडा
युद्ध सुरु भएसँगै सीमावर्ती क्षेत्रमा रहेका नागरिकहरू विस्थापित भएका छन्। विद्यालय, अस्पताल र यातायात सेवा प्रभावित भएका छन्। भारतीय तथा पाकिस्तानी मिडियाहरूले युद्धको प्रत्यक्ष प्रसारण गरिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्