
समयमा हवाई उद्धार नहुँदा सुत्केरी मृत्यु
बाजुरा
समयमा हवाई उद्धार हुँन नसक्दा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । हुम्लाको ताजाँकोट गाँउपालिका वडा नं ५ को मदाना डाब्का गाउँकी १३ दिने सुत्केरी अन्सु बुढाको समयमै हवाई उद्धार हुन नसक्दा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । प्रथामिक केन्द्रका अनुसार मृतकलाई सुबिधा सम्पन्न भएका ठाँउमा उपचारको लागी रिफर गरेको भएपनि जिल्लामा समयमै हवाई उद्धारको ब्यबस्था नहुँदा उहाँले अकालमै ज्यान गुमाउनु परेको प्राथामिक केन्द्र कोल्टीले जनाएको छ ।
जिल्लामा राष्ट्रपति महिला हवाई उद्धार उत्थान कार्यक्रम प्रभावकारी नहुँदा बर्षेनि सुत्केरी महिलाहरुले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । दुर्गाम क्षेत्रमा जोखिममा परेका विपन्न समुदायका गर्भवती महिलाहरुले समयमै उपचार तथा उद्धदार नपाँउदा ज्यान गुमाउनु पर्ने बाध्यता जिल्लामा यथावत रहेको छ । बाजुरा त्यसैमा बिकट जिल्ला भएका कारण यहाँका सुत्केरी गर्भवती महिलाहरुले बाटोमै बच्चा जन्माउनु पर्ने,समयमै उपचार नपाँउदा ज्यान गुमाउनु पर्ने बाध्यता निकै रहेको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रका एमडीजीपी डाक्टर रन्जित शाहले बताउनुभएको छ । उहाँले दिएको जानकारी अनुसार मृतक सुत्केरी महिला अन्सु बुढाको श्वास प्रश्वासमा समस्या आएपछि हुम्लाबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरेको भएपनि समयमै हवाई उद्धार हुन नसक्दा उहाँले ज्यान गुमाउनु परेको शाहले बताएका छन ।स्वास्थ्य केन्द्रमा भएको अक्सिजनले केही समय बचाउन सकिएको भएताापनि समयमै उद्धार गर्न नसक्दा उहाँले अकालमै ज्यान गुमाउनु परेको उहाँले बताए । मृतक बुढाले १३ दिन अगाडी शिशु ९छोरी० लाई जन्मदिएकी थिइन् ।
मृतक बुढालाई दिँउसो श्वासप्रश्वासमा एक्कासी समस्या आएका कारण दिँउसो स्वास्थ्य संस्थामा भएको थोरै अक्सिजनका कारण बचाउन सकिएको भएतापनि राति उहाँले थप समस्या हुँदा तथा भनेको समयमा हवाई जहाज नपाँउदा उनले ज्यान गुमाउनु परेको छ । बाजुरा जिल्ला जस्तो दुर्गमका स्वास्थ्य संस्थामा हुने जति प्रभावकारी सेवा प्रदान नहुँदा पटकपटक सुत्केरी महिलाहरुले ज्यान गुमाईरहेका छन । एक त जिल्लामा भने जस्तो बिषेषज्ञ डाक्टरको अभाव रहेको त्यसैमा उपकरण,औषधी तथा हवाई उद्धारको ब्यबस्था नहँुदा यस्ता खाले समस्या पटकपटक दोहोरीरहेका छन । सरकारले पनि जिल्ला बाजुरालाई उचित ध्यानमा नराखेको पाइन्छ । अन्य जिल्लाको तुलनामा हरेक समस्याबाट बञ्चित हुनेमा जिल्ला बाजुरा सधै पछाडी परेको देखिन्छ । गुणस्तरी स्वास्थ्य संस्था छैनन,भनेको समयमा बिरामीहरुले हवाई उद्धारको ब्यबस्था पाँउदैनन यस्ता खाले समस्याबाट जिल्ला सधै पछाडी पर्नु पर्ने बाध्यता रहेको छ ।
जिल्लामा गुणस्तरीय हवाई उद्धार कार्यक्रम हुने खानेहरुको लागी संञ्चालन भएको भए तापनि सर्बसाधरण तथा बिपन्न वर्गको लागी यो प्रभावकारी नबनेको स्थानयिको भनाई रहेको छ । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा नहुने र त्यसैमा समयमा उद्धारको पहल नहुदा कैयौ सुत्केरी तथा गर्भवतिले अकालमै मृत्यु बरण गर्नु पर्ने बाध्यता रहेको छ ।
https://youtu.be/_T45slvQEEc?si=aIigEBT9O7Ylg8pF














प्रतिक्रिया दिनुहोस्