नेपालकाे परिवर्तनको लागि लडेका योद्धा आज रुसको लागि लडदै Dimand c myagdeli
नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव ‘मा आबद्ध भएर जिल्ला सेक्रेटरी समेत भइसकेका डायमण्ड सी म्याग्देली हाल रुसी सेनामा रुसको लागि यूक्रेन संग लडाइँ लडदै छन।
सी नेपालकाे परिवर्तनकाे लागि १० बर्षीय जनयुद्धको समयमा जनमुक्ति सेना शाही नेपाली सेना संग लडेका थिए । क्रममा हुने कतिपय सानातिना घटनालाई अतिरञ्जित गरिएकोमा उनले आपत्ति समेत जनाएका छन् ।
युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरू मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठबन्धन एवम् तिनका एजेन्टहरूको मतियार बन्न सकिन्न,’ उनले भनेका छन् ।
रसिया भर्ती हुन आउन खोज्नेहरूलाई अहिले भर्ती बन्द रहेकाले दलालहरूको भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।
परिवर्तनको लागि लडेका योद्धा लाई सम्झेर उनले सामाजिक संजाल मा लेखेको चिठी
.प्रिय साथीहरू
सार्वजनिक रुपमा एउटा जानकारी :
म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडिया(कान्तिपुर,अनलाइनखवर,रातोपाती
शिलापत्र आदी)मा आवद्ध मिडियाकर्मी साथीहरू वाट त्यहाँको अवस्थावारे केहि वोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ,यसवारे यहाँ आएका अरु साथीहरूले के वोल्छन,के गर्छन त्यो उनिहरुको विषय भयो तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी वन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना वगाईयो,अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामत आजपनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ,परिवर्तनको लागी दशकौ योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ
यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुदाहुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भईएको छ।
पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर वाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिईरहनु भएको छ। युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहदा सकारात्मक/नकारात्मक सवै विषय अनुभुत गर्न सकिन्छ यद्यपि यि विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ?युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ?के-के गर्नुपर्छ?के-के भोग्नुपर्छ? सैन्य संठगभित्र के गर्न पाईन्छ/के गर्न पाईन्न?सैन्य कानुन/अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तु लाई यसरी सरल रुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु।
युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवम् तिनका एजेन्ट हरुको मतियार वन्न सकिन्न।न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक वोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उदेश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक वोकेको प्रति कुनै गुनासो छ।आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाईला-पाईलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिदैन,गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत् छ।
अन्त्यमा :-
सयौं साथीहरूले रसिया भर्ति हुन आउनुपर्यो,के-कसरी हो?च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ,एक-एक गरेर सवैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सुचना मार्फत जानकारी- यहाँ अहिले भर्ति वन्द छ,दलालहरुको भ्रममा नपर्नुहोला।
धन्यवाद✊✊🙏🙏














प्रतिक्रिया दिनुहोस्