२०८३ भाद्र २९ गते सोमवार

बैतडी जन्ती बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, , भरत मल्लले गरे घाइतेको उपचारमा समन्वय



बैतडी जन्ती बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, , भरत मल्लले गरे घाइतेको उपचारमा समन्वय
कमल कुमार शाही
स्वाभिमान खबर,माघ २३
बैतडी जिल्लाको बित्थड चिर भौनीबाट जन्ती बोकेर बझाङको पुर्चौडी फर्किएको बस बढ्गाउँ मोडमा खस्दा मृत्यु हुने को सङ्ख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका–७ को घटनाका ३ जना गम्भीर घाइतेको उपचार का लागि घनगढी रिफर गरिएको छ । भरत मल्लले घाइतेहरूको तत्काल उपचार र रेफरमा महत्वपूर्ण समन्वय गरेका छन्।

बिहीबार साँझ सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेपछि घटनास्थलमै ६ जनाको मृत्यु भयो। उपचारकै क्रममा थप ७ जनाले ज्यान गुमाए। डडेल्धुरा अस्पतालमा भर्ती ५ जनासहित मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ।

बसमा सवार ३६ जना घाइतेमध्ये ३ जनालाई धनगढी रेफर गरिएको छ । भरत मल्लले घाइतेहरु लाई अस्पताल मा पुगेर अनुगमन गरेका छन्। उहाँको समन्वयमा घाइतेहरूको थप उद्धार र उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन र सरकार संग माग गरिएको छ। यो घटनाले सडक सुरक्षाको गम्भीर प्रश्न उठाएको छ।

घटनास्थलमै ज्यान गुमाउने:बझाङ बित्थडचिर–७ : केशव राज जोशी (४०), अशोकराज जोशी (१३), बसन्त जोशी (३५), विष्णुदत्त जोशी (४१), नरेन्द्रराज जोशी (४२)बझाङ केदारस्युँ : मोहन देव भट्ट (६०)बझाङ जयपृथ्वी–७ : बसन्त राज रतला (४०)बैतडी पुर्चौडी–७ : पुष्पा अवस्थी (४०)उपचारमा ज्यान गुमाउने :बझाङ बित्थडचिर–७ : विष्णुदत्त जोशी (१७), दीपकराज जोशी (२७/२८), किशनदत्त जोशी (४५/४६)बझाङ केदारस्युँ–७ : केशवराज भट्ट (२६/२७)बैतडी पुर्चौडी–७ : शुशील जोशी (१४/१५)गम्भीर अवस्थामा :नन्दलाल कोइराला (५२), बझाङ जयपृथ्वी–८धनपति अवस्थी (४५), बैतडी पुर्चौडी–७वीरबहादुर धामी (३८), बझाङ बित्थडचिर–७का परिवार र समुदाय सहित सिंगो गाउँ शोकमा डुवेको छ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । घटना अत्यधिक भारका कारण बसको प्रेसरपाइप फुटदा उकालो मा चढ्न नसकेर बस दुर्घटना भएको अनुमान गरिएको छ। घटनास्थलमा स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार