२०८३ साउन १२ गते मङ्गलवार

राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल कर्णाली प्रदेश समिति गठन, १७ सदस्यीय समिति घोषण



राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल कर्णाली प्रदेश समिति गठन, १७ सदस्यीय समिति घोषण
कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर २२
सुर्खेत । राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल कर्णाली प्रदेश समिति औपचारिक रूपमा विस्तार गरिएको छ । समारोहमा वरिष्ठ सञ्चारकर्मी कृष्ण कँडेल प्रमुख अतिथि लोक–गायक तथा सञ्चारकर्मी कमल सरगम विशेष अतिथि रहनुभएको थियो ।
कार्यक्रममार्फत कर्णाली प्रदेशको १७ सदस्यीय कार्यसमिति सार्वजनिक गरिएको छ । नवगठित समितिको नेतृत्व कुलेन्द्र शाहीले गरेका छन् ।

नवगठित १७ सदस्यीय प्रदेश समिति
अध्यक्ष: कुलेन्द्र शाही
वरिष्ठ उपाध्यक्ष: विक्रान्त चालिसे
उपाध्यक्ष: अनिता बिक
सचिव: पूर्ण सार्की
सह–सचिव: मनोज बोहरा
कोषाध्यक्ष: टीका घिमिरे
सह–कोषाध्यक्ष: महेश बस्नेत
प्रवक्ता: यादव पौडेल
महिला विभाग प्रमुख: रमिता खड्का
प्रचारप्रसार प्रमुख: चन्द्रप्रसाद भट्टराई
प्रचारप्रसार प्रमुख सचिव: हिमेन्द्र बिक
सदस्य:
कमल कुमार न्यौपाने
जनक दसौदी
प्रज्वल चुनारा
प्रकाश शाही
रूपलाल बुढाथोकी
दीपक सापकोटा

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडेलले लोकसञ्चारकर्मीहरू देशको मौलिक कला–संस्कृतिको पहिचान सुरक्षित राख्ने महत्वपूर्ण शक्ति भएको बताउँदै संगठनले कर्णालीको लोक–पहिचान प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कलाकारले पनि सत्य र निष्पक्ष सुचना तथा सञ्चार प्रवाह गर्ने कार्य गर्दै आएको तर पत्रकारको रुपमा यसले सामाजिक र कानुनि मान्यता नपाएकोले लोक सञ्चारकर्मीलाई एकतावद्ध गर्न लोक सञ्चालकर्मी नेपाल २०६२ सालमा स्थापना भएको बताउनुभयो।
विशेष अतिथि सरगमले कर्णालीमा लोककला, संस्कृति र जनभाषामा आधारित सञ्चार विकासमा यस शाखाले नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो।

सरगमलरले यो सस्था योभन्दा अगाडि राजधानीमा मात्रै केन्द्रित भए पनि अब यसलाई सबै प्रदेश र देशभर विस्तार गर्ने अभियान रहेको भन्दै नवगठित समितिलाई बधाई तथा शुभकामना दिनुभयो ।
समारोहमा प्रदेशभरि सक्रिय लोकसञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार