२०८३ असार १ गते सोमवार

सुर्खेत प्रहरी हिरासतमा रहेका थुनुवा गंगे सुनारको मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु



सुर्खेत प्रहरी हिरासतमा रहेका थुनुवा गंगे सुनारको मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु
कमल कुमार शाही
स्वाभिमान खबर, कात्तिक २१
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबार मुद्दामा ७८ दिनदेखि थुनामा रहेका सुनारलाई शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार साथीसँगै सुतेका सुनारलाई बिहान उठाउँदा प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरिएको थियो ।
“हामीले तुरुन्तै कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुर्‍यायौं,” डीएसपी बुढथापाले भने, “तर अस्पतालमा चिकित्सकले मृत घोषित गर्नुभयो ।”
प्रहरीका अनुसार घटनापछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज पनि हेरेको छ । फुटेजमा उनी सुत्नुअघि बाथरुम गएर टाउको नुहाएर बाहिर आएको र राति घुर्ने बानी भएकाले साथीहरूले ‘नघुर्न’ भनेर उठाएको दृश्य देखिएको जनाइएको छ ।
डीएसपी बुढथापाका अनुसार मृतक सुनारको चार दिनअघि मात्र सरकारी वकिल कार्यालयमा मुद्दा पुगेको थियो र आज (शुक्रबार) नै त्यसमा पेसी हुने तय भएको थियो ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । मृतकको शव कर्णाली प्रदेश अस्पतालमै पोस्टमार्टमका लागि राखिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार