विरेन्द्रनगर ९ शान्तीटोलका २१ वर्षीय निखिल सुवेदी बेपत्ता, परिवारले खोजी गरिदिन आग्रह
कमल कुमार शाही
स्वाभिमान खबर, असोज ११, सुर्खेत।
विरेन्द्रनगर–९ शान्तीटोलका २१ वर्षीय निखिल सुवेदी असोज ४ गतेदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार उनी शनिबार घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
बेपत्ता सुवेदीको उचाइ करिब ५ फिट ८ इन्च रहेको छ। हराउँदा उनले आकाशी निलो रंगको टिसर्ट र खरानी रङका छोटा पाइन्ट (सर्ट्स) लगाएका थिए।
उनी अन्तिम पटक असोज ४ गते (शनिबार) देखिएका थिए। तर त्यसयता उनको कुनै खबर आएको छैन। मोबाइल सम्पर्कसमेत बन्द भएको र साथी–परिवारले पनि जानकारी दिन नसकेकोले परिवार चिन्तित बनेको छ।
सुवेदीका आफन्तले उहाँको खोजीका लागि सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन्। “हाम्रो छोराबारे कुनै जानकारी भए तत्काल सम्पर्क गरिदिनुहोस्,” परिवारले अनुरोध गरेको छ।
बेपत्ता सम्बन्धी जानकारी भएमा नजिकैको प्रहरी चौकी वा तल दिइएका परिवारका सम्पर्क नम्बरमा खबर गर्न सकिनेछः
📞 आमा: ९७४५३६२४१०
📞 दाइ: ९७६६६९६५६९
📞 दिदी: ९८०४५७७३८३
यदि तपाईंले निखिल सुवेदीलाई देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी भएको खण्डमा कृपया तुरुन्तै नजिकको प्रहरी कार्यालय वा परिवारलाई सम्पर्क गरिदिनुहोला













प्रतिक्रिया दिनुहोस्