२०८३ जेष्ठ १९ गते मङ्गलवार

जीवन रक्षाको लागि अपिल : दुवै मृगौला फेल भएका अछामका तपेन्द्र शाहीलाई बचाउन सहयोग आवश्यक



जीवन रक्षाको लागि अपिल : दुवै मृगौला फेल भएका अछामका तपेन्द्र शाहीलाई बचाउन सहयोग आवश्यक
कमल कुमार शाही
स्वाभिमान खबर साउन १९ गते
अछाम जिल्ला पञ्चदेवलबिनायक नगरपालिका–८, बारला निवासी ३३ वर्षीय तपेन्द्र बहादुर शाहीलाई दुईवटै मृगौला पूर्ण रूपमा फेल भएको पुष्टि भएको छ । हाल उहाँलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा भर्ना गरी उपचार भइरहेको छ । चिकित्सकहरूले उहाँलाई End Stage Renal Disease (ESRD) भएको जनाएका छन् ।

तपेन्द्रको मृगौला रोग उपचार तथा प्रत्यारोपणमा दैनिक डायलासिस, औषधोपचार, र अन्य अत्यावश्यक स्वास्थ्य सेवा लाग्ने खर्च निकै महँगो छ । अस्पतालका अनुसार एक पटकको डायलासिसको लागत करिब रु २५०० देखि ५००० सम्म पर्छ । त्यस्तै, प्रत्यारोपणको कुल लागत रु ४ लाख रुपैयाँ अनुमान गरिएको छ, जुन तपेन्द्रको परिवारका लागि अति नै ठूलो आर्थिक भार हो ।

परिवारमा उहाँ नै प्रमुख अभिभावक हाे उहाँकै भराेसामा घरपरिवार चल्ने गर्थाे अहिले शाहीको दुवै मृगौला फेल्ल भए पछि सिङ्गो घरपरिवारको बिचल्ली भएको छ र आर्थिक विपन्न पारिवारिक अवस्था भएका कारण उपचारको सम्पूर्ण खर्च व्यवस्थापन गर्नु असम्भवजस्तै भएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्राप्त चिकित्सकीय कागजात अनुसार प्रत्यारोपणपछि पनि नियमित औषधि र परीक्षण आवश्यक पर्ने भएकाले दीर्घकालीन खर्च निरन्तर लागिरहनेछ ।

उहाँको जीवन बचाउनका लागि सम्पूर्ण देश-विदेशमा रहनुभएका सहयोगी मनहरूसँग जीवनरक्षार्थ सहयोगको हार्दिक अपिल गरिएको छ ।

सहयोग गर्न चाहने महानुभावहरूले निम्न माध्यमबाट सम्पर्क वा आर्थिक सहयोग गर्न सक्नुहुनेछ :
सम्पर्क विवरण,साङ्गिला बैंक
बैंक खाता नम्बर -01601200225052000001
वा फोनपे/ईसेवा/खल्ती- 9866986660
तपेन्द्र बहादुर शाही

  1. तपेन्द्र बचाऊँ, जीवन फर्काऔँ” अभियानमा तपाईंको सानो सहयोगले पनि ठूलो चमत्कार ल्याउन सक्छ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार