२०८३ जेष्ठ १४ गते बिहिवार

लुम्बिनी प्रदेशमा अनलाइन टिभी पत्रकार संघ नेपालको पहिलो अधिवेशन सुरु



लुम्बिनी प्रदेशमा अनलाइन टिभी पत्रकार संघ नेपालको पहिलो अधिवेशन सुरु 
कमल कुमार शाही
स्वाभिमान खबर , ५ जेठ

बाँके , लुम्बिनी प्रदेशमा सञ्चालित अनलाइन टिभीका पत्रकारहरूको छाता संगठन अनलाइन टिभी पत्रकार संघ नेपालको पहिलो  अधिवेशन  सुरु भएको छ। कार्यक्रममा विभिन्न जिल्लाबाट पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ भने मिडिया क्षेत्रका विज्ञहरू, जनप्रतिनिधिहरू र सुरक्षा निकायका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन नेपालगन्ज उप महानगर प्रमुख प्रशान्त बिष्ट ले गरेका हुन्। उद्घाटन मन्तव्यमा उनले मिडियाले राज्य र जनतालाई जोड्ने सेतुकाे भूमिका निर्वाह गर्नुपर्ने बताए। “पत्रकारको कलम हलुको हुनु हुँदैन, सत्य र तथ्यमा आधारित समाचार मात्र जनताको पक्षमा उभिन्छ,” उनले भने।

कार्यक्रममा प्रशान्त बिष्ट (नगरपालिका प्रतिनिधि) ले मिडियाको व्यापक प्रभावबारे धारणा राख्दै अनलाइन टिभीको उपयोग दिनप्रतिदिन बढ्दो रहेको उल्लेख गरे। उनले अनलाइन पत्रकारितालाई भविष्यको उज्यालो माध्यमको रूपमा हेर्नुपर्ने धारणा राखे भने  जिल्ला प्रहरी बाँकेका प्रहरी निरिक्षकले साइबर सुरक्षा  काे बारेमा धारणा राखेका छन ।

संघका अध्यक्ष जीवन भण्डारीका अनुसार पत्रकारिताको पाँचौं पुस्ता अहिले डिजिटल युगमा प्रवेश गरिसकेको छ। “२३ वर्षअघि रेडियोमा काम गर्दा आफ्नो अनुभव सुनाउदै रेडियोमा काम गर्ने पत्रकारलाई पत्रकारै मानिँदैन थियो, अहिले अनलाइनमा काम गर्ने पत्रकारलाई ‘डटकम पत्रकार’ भनेर गिज्याउने प्रवृत्ति थियोे यो अहिले हट्दै गएको छ ” भण्डारीले भने।

 

कार्यक्रममा कानुनको पालना र कार्यान्वयन, मिडियाको व्यावसायिकता र मर्यादा, र पत्रकारको क्षमता वृद्धि जस्ता विषयमा पनि छलफल भएको थियो। वक्ताहरूले प्रविधिलाई निषेध होइन, सदुपयोग गर्नुपर्नेमा जोड दिए।

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्षहरूले भने – “९० प्रतिशत सूचना अनलाइनबाट प्राप्त हुने आजको समयमा अनलाइन टिभीलाई सुदृढीकरण नगरी समाज सुधार सम्भव छैन।” मिडियाले समाजको ऐनाको काम गर्ने भएकाले यसको उत्तरदायित्व अझ बढेको उनीहरूले औंल्याए।

सम्मेलनमा जर्मनीमा गरिने पत्रकारिताको अभ्यासदेखि नेपालमा पत्रकारिता गरिरहेका उत्कृष्ट व्यक्तिहरूसम्मका अनुभव साझा गरिएका थिए। पत्रकारितामा उत्कृष्ट भूमिका निर्वाह गर्ने व्यक्तिको योगदानलाई कभरपेजमा प्राथमिकता दिनुपर्ने सन्देशसमेत कार्यक्रमबाट दिइएको थियो।

अनलाइनको अवसर र भविष्यबारे गहिरो छलफल गर्दै सम्मेलनको दोस्रो चरण मा डिजिटल मिडियामा एआई प्रयोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजकले जानकारी दिए।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार