२०८३ साउन १४ गते बिहिवार

अपराधमा संलग्न भएकाहरु हाबी हुँदा एमाले छाडेँः पूर्वप्रहरी आईजीपी खनाल



 

अपराधमा संलग्न भएकाहरु हाबी हुँदा एमाले छाडेँः पूर्वप्रहरी आईजीपी खनाल

स्वाभिमान खबर ,फागुन १४
देपेन्द्र बहादुर शाही

काठमाडौं ।अपराधमा संलग्न भएकाहरु हाबी हुँदा एमाले छाडेँः पूर्वप्रहरी आईजीपी खनाल
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले एमालेसँग विचार नमिलेको कारण आफूले पार्टी परित्याग गरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा प्रहरीमा हुँदा मुद्दा मामिला उठाएको र भिडेको मान्छेहरु पार्टीमा हाबी भएपछि आफू त्यहाँ बस्न नसकेको बताए । उनले पेशागत रुपमा प्रहरीमा रहँदा आफूले कुनै व्यक्ति र दल नहेरी काम गरेको बताए ।

‘यो पार्टीभित्र अनेकथरीका मानिसहरु छन् । कोही गुण्डा आउला, कोही नचाहिने मानिसहरु आउला, अनेकथरी व्याकग्राउण्ड भएका मानिसहरु राजनीतिमा आइरहेका छन् । हामीलाई त्यति सुट पनि हुँदैन, त्यति सुट पनि भएन, अर्थ बुझ्नुभयो होला । हिजो प्रहरीमा बस्दाखेरी प्रहरीको काम गर्ने हो । पेशागत रुपमा, अपराध र अपराधमा संलग्न भएकाहरुसँग त्यहाँ त भिड्यौं, लड्यौं । मुद्दा मामला पनि उठाइयो यिनका विरुद्धमा । कसैप्रति बायस भएर त गरिएको होईन । तिनै मानिस हाम्रै अगाडि आएर अलि प्रभावकारी रुपमा देखापर्दा हामी पनि सक्दोरहेनछौं । सकिँदैन, त्यो पनि हो,’– एमाले छाड्नुको कारण सुनाउँदै उनले भने ।

पार्टीभित्र आमन्त्रित जस्तो भएर बस्नु परेको उनले बताए । आफूले जनतामाझ गएर काम गर्न खोजेको भएपनि एमालेले कुनै जिम्मेवारी नै नदिएको उनको भनाइ थियो । उनले भने, ‘हामी बाहिरबाट आएको, आमन्त्रित जस्तो भइयो । प्रत्यक्ष रुपमा काम गर्ने नै मेरो आशय, मेरो चाहनाहरु थिए । कुरा सामन्य छ, यसमा धेरै ठूलो रहस्य छैन । प्रत्यक्ष रुपमा जनताको सेवा गर्ने, सेवामा त जानुपर्यो नि त । बसिराखेर फेरि चुनाव लड्न जाने भनेको त माग्न गएको जस्तो, केही गर्नको लागि गएको हो

साथै, अहिले आफू नयाँ पार्टी खोल्ने र अर्को कुनै पार्टीमा जाने तयारीमा नरहेको पनि उनले बताए ।( sagha page )

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार