२०८३ भाद्र २८ गते आइतवार

बिहानै काठमाडौंमा ७.१ म्याग्निच्युडकाे भुकम्पकाे झड्का



बिहानै काठमाडौंमा ७.१ म्याग्निच्युडकाे भुकम्पकाे झड्का

पौष २३, काठमाडौं
देपेन्द्र बहादुर शाही
काठमाडौंमा बिहानै ७.१ म्याग्निच्युडकाे भूकम्पको झड्का महशुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महशुस भएको यूएसजीएस (United States Geological Survey) मापन केन्द्रले भूकम्प गएको जानकारी दिएको छ ।

भुकम्पकाे केन्द्रबिन्दु: लोबुचेबाट ९३ किलोमिटर उत्तरपूर्व, नेपाल रहेको ।
अक्षांश र देशान्तर: 28.639°N, 87.361°E
यस भूकम्पका कारण नेपालका पूर्वी तथा उत्तरी क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ।

भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।भुकम्पकाे कारण के कति छेति भयो त्यो विवरण आउन बाँकी छ । पछिल्लो समय नेपालमा हप्तै पिच्छे भुकम्पकाे झड्का महशुस भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार