पुनर्वास सिमा सुरक्षा सशस्त्र प्रहरीले २ नाल भरुवा बन्दुक बरामद गर्याे
देपेन्द्र बहादुर शाही
२०८१ पौष ६,
कन्चनपुर पुनर्वास सिमा सुरक्षा सशस्त्र प्रहरीले २ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
पुनर्वास नगरपालिका ११ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल,नेपाल नं.३५ गणकाे टोली सिमा सुरक्षा मा गस्ती गएको समयमा उक्त बन्दुक बरामद गरेको हाे ।
पुनर्वास श्रैलेश्कवरी कञ्चनपुर मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी अन्तरगत रहेको बि.ओ.पि.डोकेबजारबाट खटिएको सीमा पैदल गस्ति टोलीले पौष ५ गते राति करिब ९ बजे २ नाल भरुवा बन्दुक बरामद गरेको थियो ।
स.प्र.बल नेपालको गस्ती टोलीले सीमा क्षेत्रमा केही व्यक्तीहरुकाे संकास्पद हर्कत देखेपछि पिछा गर्ने क्रममा भरुवा बन्दुक फेला परेको सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले जानकारी दिनुभयो। नियन्त्रणमा लिएको हतियार आवस्यक कार्बाहिको लागि नेपाल प्रहरीलाई बुझाउने समन्वय भई रहेको समेत उपरीक्षक चन्दले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्