२०८३ भाद्र २९ गते सोमवार

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात र वर्षा



कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात र वर्षा 

मंसिर २४ , सुर्खेत
कमल कुमार शाही

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै हिमाली तथा उच्च पहाडी जिल्लामा अहिले हिमपात र वर्षा भइरहेको छ।

कर्णाली प्रदेशमा विशेष गरी हुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट, सुर्खेत र जुम्ला लगायतका जिल्लामा हिमपात तथा वर्षा भइरहेको छ । वर्षा तथा हिमपातका कारण यस क्षेत्र काे जनजीवन प्रभावित भएको छ। सिमकोट, हुम्लामा तीन इञ्चसम्म हिउँ जमेको छ, र चिसोको प्रभाव तीव्र देखिएको छ। यसका साथै, स्थानीय यातायात र हवाई सेवामा पनि अवरोध सिर्जना भएको छ।

सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, र केही अन्य पहाडी भागमा हिमपात भइरहेको छ। यहाँ वर्षा र चिसोका कारण दैनिकीमा कठिनाइ आएको छ। साथै, चिसोले कमजोर समुदायमा स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

हिमपात र वर्षाका कारण चिसाे बढेकाे छ। चिसाेका कारण जनजीवन पनि प्रभावित हुँदै गएकाे छ।
दैनिक ज्यालामजदुरी गर्ने मजदुर,बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् ।
लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएकोले किसान खुसी भएका हुन् ।

वर्षा र हिमपातकाे करण चिसो बढेकाले सुरक्षाका उपाय अपनाउँदै तातो कपडा लगाउन र सुरक्षित रहन सल्लाह दिइएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार