२०८३ साउन १४ गते बिहिवार

फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक जना पक्राउ



फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक जना पक्राउ

२ मंसिर २०८१

झापा

झापामा फलामकाे रड प्रहार गरि एक जनाकाे हत्याकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी पक्राउ परेका हुन ।

शनिबार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताएका छन ।

पुरानो रिसिइबीकाे कारणले माझी माथि रड प्रहार गरि हत्या गरेको खुलेकाे छ ।
घाइते भएका माझीलाई राति नै बिएन्डसि अस्पताल विर्तामाेड पुर्‍याउने बित्तिकै उनकाे मृत्यु भएकाे थियाे ।

रड सहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखि कार्वाहीकाे प्रक्रिया अगाडि बढाईने इप्रका अनारमनी कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार