२०८३ भाद्र २९ गते सोमवार

चिचिलामा धारिलो खुकुरी प्रयाेग गरि एक जनाकाे हत्या



चिचिलामा धारिलो खुकुरी प्रयाेग गरि एक जनाकाे हत्या

सङखुवासभा

 

सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा धारिलो खुकुरी प्रहार गरि एक जनाकाे हत्या भएको छ।

छिमेकि दुर्गामाया गुरुङ र भिम बहादुर गुरुङ बिच सामान्य विवाद हुदा दुर्गामायाले धारिलाे खुकुरि प्रहार गरि भिम बहादुरकाे हत्या गरेकाे प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले जानकारि दिएका छन ।

साेघटनाकाे खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले दुर्गामाया गुरुङलाई नियन्त्रणमा लिएकाे छ ।
उनकाे साथबाट हत्यामा प्रयाेग गरिएकाे खुकुरी खुकुरी पनि बरामद गरीएकाे जानकारि उपरीक्षक बस्नेतले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार