२०८३ भाद्र २९ गते सोमवार

काठमाडौँको चाल्नाखेलमा महिलालाई अपहरण गरेर बन्धक बनाइयो, प्रहरी घटनास्थलमा पुग्दै



 

काठमाडौँ

लेनदेनकाे विवाद भएपछि एकजना महिलालाई अपहरण गरेर बन्धक बनाईएकाे सूचना उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएका छन ।

घटनास्थलमा प्रहरीलाई पठाइएको एसपी आचार्यले बताए । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार