२०८३ कार्तिक १३ गते बिहिवार

सुर्खेतमा एसएमएल ( SML) गाडि दुर्घटना हुदा एक जनाकाे मृत्यु ५ जना घाइते



सुर्खेतमा एसएमएल ( SML) गाडि दुर्घटना हुदा एक जनाकाे मृत्यु ५ जना घाइते

कार्तिक ८

सुर्खेतको बराहताल गाउँपालिकामा यात्रुबाहक गाडी एसएमएल दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।

बिहिवार जुम्लाबाट सुर्खेत तर्फ आउदै गरेकाे कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा भएकाे थियो ।

मृत्यु हुनेमा दैलेखको ठाटिकाध गाउँपालिका–४ का ३५ बर्षीय दीपक शाही रहेका छन् ।गम्भीर घाइते भएका शाही लगायत अरु ५ जनालाई उपचारको लागि सुर्खेत पुर्‍याएको थियो ।
तर शाहीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताएका छन । अरु घाइतेकाे अवस्था सामान्य भएकाेले कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ।

साे गाडीमा बच्चा सहित २९ जना यात्रुहरु रहेका थिए । तीव्र गतिमा गुडिरहेकाे गाडि एक्कासि अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेकाे निरिक्षक सुनारले जानकारि दिएका छन।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार