अछामका एक युवकको अरिङ्गलकाे टाेकाई बाट उपचारको क्रममा मृत्यु
असाेज १५, सुर्खेत
कमल शाही

अछामका एक युवकको अरिङ्गलकाे टाेकाई बाट उपचारको क्रममा मृत्यु भएको छ । मृतक भएका अछाम जिल्ला पंञ्चदेवल विनायक नगरपालिका ८ बारला गनिउले निवासी बर्ष २५ का पदम कसेर हुन ।
कसेरालाई असाेज १ गतेे घर नजिकैको अरिङ्गलकाे गाेलेा निकाल्ने क्रममा अरिङ्गले टाेकेर विहाेस बनाएको थियोे । मृतक लाई कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको लागि ICU मा भर्ना गरि उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हाे ।
मृतकलाई एम्बुलेन्समा घरमा लगेर अन्तिम दाहसंस्कार गरिने मृतकका दाइ कमल कसराले जनाएका छन । अरिङ्गालकाे चाकालाई स्वादिष्ट भाेजनकाे रुपमा लिने गरिएको छ ।
यसको चाकालाई पाेष्णकाे स्रोतको रूपमा लिने गरिएको छ यसबाट भिटामिन बि , ए र ई पाइन्छ । अरिङ्गालको चाका र लार्भा प्रोटिन, स्वस्थ बोसो, र खनिजहरू जस्तै क्याल्सियम, फलाम, र जिंकको पनि राम्रो स्रोत हो।
पछिल्लो समय देशभरि अरिङ्गालकाेे टाेकाई बाट धेरै मानिसको ज्यान गइसकेको छ । यसलाई उपयोग गर्दा उचित साबधानि अपनाउन जरुरी देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्