२०८३ साउन १२ गते मङ्गलवार

अखिल( समाजवादी ) काे स्ववियु निर्वाचनको प्यानल घाेषणा चिन सीकाे सभापतिमा दावी



अखिल( समाजवादी ) काे स्ववियु निर्वाचनको प्यानल घाेषणा चिन सीकाे सभापतिमा दावी

भदौ ४, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनको लागि नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी ) ले निर्वाचन प्यानल घाेषणा संगै चिन सीले स्ववियु सभापति उमेदवार काे दावी गरेका छन । विश्वविद्यालयमा यही भदौ २८ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (समाजवादी ) ले निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचन प्यानल घाेषणा गरेको हाे । निर्वाचन प्यानल लाई सुर्खेत जिल्ला पार्टी ले पार्टी कार्यलयमा एक कार्यक्रमका बिच घाेषणा गरेको थियोे ।

निर्वाचन प्यानल यस प्रकार छ
सभापति – चिन सी
सुर्दशन सी – सचिव
रितु सी – काेषाअध्यक्ष
सदस्य – अमृता सी
धर्म सी
गाेर्ख सी
कमल सी
भिम सी
भुपेन्द्र सी
सपना सी
मिना सी
सहित ११ सदस्यीय प्यानल घाेेषणा भएको छ । विश्वविद्यालयमा २०७२ यता स्ववियु निर्वाचन हुन सकेको छैन ।

विश्वविद्यालय मा स्ववियु निर्वाचन मिति सार्वजनिक हुनुलाई विद्यार्थीले सकारात्मक रुपमा लिएका छन । विद्यार्थीका समस्याहरुकाे ओपचारिक रुपमा वकालत गर्ने निकाय नहुदा विद्यार्थीका समस्या वझेलमा परेका छन। स्ववियु निर्वाचनले विश्वविद्यालयमा विद्यार्थी राजनीतिक माहोल बढेको छ । विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संगठनले विविध कार्यक्रम गरेर विद्यार्थी लाई संगठित र आकर्षण गर्ने गरेका छन ।

 

अखिल (समाजवादी ) ले विद्यार्थीका समस्या हल गर्ने माध्यम काे रुपमा स्ववियु निर्वाचन मा भाग लिन लागेको स्ववियु सभापति का दावेदार चिन सीले आफ्नो धारणा राखेको छन । मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचनलाई कर्णाली प्रदेशको भावि दिनको राजनीति भविष्यकाे रुपमा तुलनामा गर्ने गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार