बायाँ हात भाँचिएकाे डाक्टरले गरे दायाँ हातको प्लास्टर
असार ३१, बझाङ
जिल्ला अस्पताल बझाङका डाक्टरले बायाँ हात भाँचिएकाेमा
दायाँ हातको प्लास्टर गरेको छन । जिल्ला अस्पतालका डाक्टरले साेमबार दुर्गाथलि गाउपालिका वडा नम्बर ७ का सचिन दौल्यालको भाँचिएकाे बायाँ हातको प्लास्टर नगरि अर्को दायाँ हातमा प्लास्टर गरेको भेटिएको छ ।
फाेटामा दौल्यालकाे बायाँ हात स्पष्ट भाँचिएकाे देखिन्छ ।अस्पतालकाे X- ray चेकजाँचमा पनि बायाँ हात नै भाचिएकाे देखिन्छ तर प्लास्टर दायाँ हातमा डाक्टरले गरि दिए यस बिषयमा अस्पताल का प्रमुख डाक्टर नबराज जसि संग बुझदा उहाँले जुन हात भाजिएकाे छ तेही हातकाे प्लास्टर भएको बताउनुभयो । हामीले दायाँ हातको प्लास्टर भएको फाेटा उहाँलाई उपलब्ध गराउदा उहाँले केही प्रतिक्रिया दिनुभएन । डाक्टरकाे लापरबाहीले यो घटना भएको देखिन्छ ।
दौल्यालकाे भाँचिएको बाँया हातको X- ray रिपोर्ट ।

जिल्ला अस्पताल बझाङ्ग ले जनतालाइ प्रभावकारी स्वस्थ्य सेवा दिनु काे सट्टा दुख दिदै आएको स्वस्थ्य जस्तो सम्बेदनशिल बिषयमा लापरबाही गरेको आराेप लगाउदै ने क पा बझाङ जिल्ला कमिटीले अस्पताल इन्चार्ज डाक्टर नबराज जोसिको कार्यकक्षमा ताला लगाएको छ ।
ने क पा ले जिल्ला अस्पताल प्रशासनलाई यस्तो आराेप लगाउने गरेको छ ।केही समय अगाडि छबिस पाथिभरा गाउपालिकाको स्वास्थ्य चौकि बाट रिफर गरियकि सुत्केरि लाई जिल्ला अस्पताल ले नराम्रो ब्यबहार गरेको ,उपचार गर्न नमानेको ,उल्टै सुत्केरिलाइ त्यहाँका स्टाफले नराम्रो ब्यवहार गरेको आराेप गलाएका छन् । त्यस्तै कर्मचारि पनि सत्ता र पावरको पहुचमा कर्मचारी नियुक्ति गर्ने गरेको आराेप पनि लगाएका छन ।
ने क पाले जिल्ला अस्पतालमा भइरहेका गल्ती लाई सुधार गर्न माग समेत गरेकाे छ । हिजो भएको घटनाको पिडितलाई क्षतिपूर्ति दिन माग गर्दै कमल सि ले यस्ता घट्ना नदोहोर्याउन चेतावनी दिएका छन । इन्चार्ज भरत सि , ले हाम्रो पार्टी सधै जनताको सेवाका निमित्त आवाज उठाउदै आएको र निरन्तर उठाइरहने पनि बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्