२०८३ साउन १८ गते सोमवार

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन भदौ २८ मा हुने



 

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन भदौ २८ मा हुने

 

असार २६, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन भदौ २८ मा हुने भएको छ ।असार ९ गते बसेकाे विश्वविद्यालय कार्यकारी समितिकाे बैठकले स्ववियु निर्वाचनको मिति ताेकेकाे हाे । विश्वविद्यालय स्ववियु निर्वाचनकाे लागि बाेलाएकाे छलफलमा नेपाल विद्यार्थी संघ , अनेरास्ववियु , अखिल क्रान्तिकारी अखिल छैठौं , अखिल (समाजवादी ) विद्यार्थी संगठन स्ववियु निर्वाचनको मिति मा सहमत भएका छन भने नेपाल क्रान्तिकारी र अनेरास्ववियुले स्ववियु निर्वाचनको मिति उपयुक्त समयमा निधारण नगरीएकाे भन्दै असहमति जनाएको छ ।

विश्वविद्यालयकाे स्ववियु निर्वाचन गत साल चैत ५ गते आङ्गीक क्याम्पस काे सम्पन्न भए पनि केन्द्रीय क्याम्पस र नारायण बहुमुखी क्याम्पस काे स्ववियु निर्वाचन अन्तिम समयमा आएर अदालतमा मुद्दा पर्दा अदालतले राेकेकाे थियोे । विश्वविद्यालय आङ्गीक क्याम्पस नारायण बहुमुखी क्याम्पस दुलुमा पनि यहि मितिमा स्ववियु निर्वाचन हुने भएको छ ।

विगतमा बिश्वबिद्धालय केन्द्रीय क्याम्पस काे निर्वाचन ७३ भदौ २८ मा भएको साे निर्वाचन मा नेपाल विद्यार्थी संघले विजय हासिल गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ असार २६ गते बुधवार