२०८३ भाद्र ३० गते मङ्गलवार

शैक्षिक क्षेत्र सुधारको माग सहित अखिल (समाजवादी ) बर्दियाले १८ बुदे मागपत्र बुझायो



शैक्षिक क्षेत्र सुधारको माग सहित अखिल (समाजवादी ) बर्दियाले १८ बुदे मागपत्र बुझायो
असार १२ , बर्दिया

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले शैक्षिक क्षेत्र सुधारको माग सहित अखिल (समाजवादी ) बर्दियाले १८ बुदे मागपत्र बुझाएको छ । संगठनले बुधबार बर्दिया जिल्लाका
शिक्षा बिकाश समन्वय इकाई प्रमुख सुर्य खत्री , गुलरिया नगर पालिका मेयर मुक्त यादव लाई माग पत्र बुझाएको हाे ।

माग पत्र बुझ्दै इकाई प्रमुख खत्रीले भन्नुभयो शिक्षा क्षेत्रमा देखा परेका समस्याहरुको उठाउन सहित समाधान काे विकल्प उल्लेख गरेर राखेको माग सकारात्मक छ भनुभयाे । यसलाइ कार्यनयन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।शैक्षिक क्षेत्र काे खाेजमुलक रचनात्मक शान्तिपूर्ण तरिकाबाट मागराखेकाेमा संगठन लाई धन्यवाद दिनुभयो ।

संगठन का बाके बर्दिया इन्चार्ज हरि सी मागपत्र बुझाउने कार्यक्रमकाे नेतृत्व गर्दै उहाँले सचेत जनताले देशको रक्षा गर्छन् त्यसैकारण सचेत जनता बनाउन नेपालमा जनतालाई दिने शिक्षा स्वतन्त्र र निःशुल्क हुन जरुरी रहेको बताउनुभएयाे। देशमा सचेत जनतालाई मात्र कसैले पनि ठग्न सक्दैन, ठगीबाट बच्न जनतालाई शिक्षित र सचेत बनाउन जरुरी रहेको धारणा राख्नु भयो ।

मागलाई यथाह सिघ्र पुर गर्न जाेड दिदै माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने संगठनका का बर्दिया जिल्ला इन्चार्ज हरि सी जिल्ला संयोजक कोपिला सीले हस्ताक्षर गरेको मागपत्र मा उल्लेख गरिएको छ । मागपत्र बुझाउने कार्यक्रममा संगठनका जिल्ला समितिका पदाधिकारी सहित संगठनका सदस्यकाे उपस्तिथिती रहेको थियोे ।
पछिल्लो समय संगठनले देशभरि शैक्षिक क्षेत्र सुधारकाे लागि ४ महिने शैक्षिक क्षेत्र सुधार अभियान सहित संगठनिक गतिविधि गरिरहेको छ ।

मागपत्र यस्तो रहेको छ।

 

प्रकाशित मिति : २०८१ असार १२ गते बुधवार