२०८३ साउन १८ गते सोमवार

पीडित मनिसा चौधरीको बेदना ‘एनएमबि लघुबित्तले पैसा पनि खायो,जेलपनि पठायो’



पीडित मनिसा चौधरीको बेदना ‘एनएमबि लघुबित्तले पैसा पनि खायो,जेलपनि पठायो’

 

काेहाेलपुर

 

बाँके । बर्दिया बाँसगढी नगरपालिका वडा नम्वर ६ सटरीया गाँउकी पीडित मनिसा चौधरीको पीडा निकै दर्दनाक छ । उनको एनएमबि लघुबित्त वित्तिय संस्थाले भएभरको पैसा पनि खाएको छ भने उनलाई जेल समेत पुर्याएको छ ।
पीडित मनिसाले भनिन् ‘लघुवित्तको नियमित किस्ता तिरेको भएपनि नतिरेको देखाएर पैसा पनि खायो, उल्टै पैसाको खोजी गर्दा जेलसम्म पुर्यायो, नावालक शिशु घरमा अर्कोको साहारामा छोडेर १४ दिन हिरासत बसे ।

पीडित मनिसामाथि यस्तो कार्य एनएमबि लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय बनकटुवा बाँकेका तत्कालिन कर्मचारी शम्सेर नेपाली र रिता थारुले गरेका हुन ।
मनिसाले आफ्नो पैसाको खोजी तलासी गर्दा हिरासत पुग्नु पर्यो । उनको धनको नास र जीवनको बनवास भएको छ ।
पीडित मनिसाले लघुवित्तको ऋणकै कारण आफ्नो श्रीमान बसन्त चौधरीलाई साउदी पठाएकी छन । उनले ऋण तिरिसक्दा पनि अझै तिर्न बाँकी छ भन्दै लघुवित्तले टर्चर दिने गरेपछि ऋणतिर्न भनेर श्रीमानलाई विदेश पठाएकी थिईन ।

मनिसाले श्रीमानले दुखगरी पठाएको पैसा लघुवित्तलाई तिरेको भएपनि बिचबाटोमै हराउदा र कार्यालयको रेकर्ड सम्म नपुग्दा निकै दुख पाउनु परेको छ ।
लघुवित्तकै कर्र्मचारी रिता थारुले किस्ता तिरेको रकम बिचबाटोमै गायब पार्ने गरेकाले यस्तो समस्या आएको पीडित मनिसाको बुझाई छ । उनले कर्मचारी रिता थारु र शम्सेर नेपालीमाथि छानविनको कुरा उठेर विवाद आएपछि सरुवा गरेको दुखेसो पोखिन ।
एनएमबिलाई आफ्नो हिसाव किलिएर गरिदिनु पर्यो वारम्वार भन्दा बास्ता नगरिएको मनिसाले बताईन ।
पीडित मनिसाले २०७७ साल पुसमा व्यवसायका लागि ३ लाख ऋण निकालेकी थिईन । उनले आफूले निकालेको ऋणको नियमित १२ हजार ५ सय किस्ता तिरेपनि कार्यालयको रेकर्डमा तिरेजति रकम चढाएको देखिएको छैन ।
उनले तिरेको र भेटिएका भौचरहरुमा पनि हिसाव मिलेको छैन । कर्मचारी रिता थारुले हातले छोपेर समूहको बैठमा हस्ताक्षेर गराउने गर्न थालेपछि आफूलाई संका लागेर रकमको खोजी गर्दा ठगीको पत्ता पाएको मनिसाले सुनाईनन् ।
उनले आफूले ३ लाख ९० हजार ५ सय रकम तिर्दा पनि कार्यालयको रेकर्डमा किन नचढेको हो ? भनि प्रश्न गरिनन् । कार्यालयको रेकर्ड अनुसार मनिसाको २ लाख ४७ हजार तिरेको देखाएको छ भने १ लाख ३५ हजार ९ सय ४१ रुपैया तिर्नुपर्ने बाँकी देखाएको छ ।
हिसाव किताव राम्रोसंग गरिनु पर्यो भन्दा उल्टै तत्कालिन शाखा प्रमुख शम्सेर नेपालीले ‘अपराधिक उपद्रव’ मुद्धा लगाए पीडित मनिसाले भनिन् । पीडित मनिसालाई इलाका प्रहरी कार्यालय कोहलपुरले १४ दिन हिरासतमा समेत राख्यो भने त्यसपछि धरौटीमा छुटेकि थिईन ।
उनले भनिन् ‘ मुद्धा लड्दा आफ्नो ३ लाख ५० हजार खर्च भयो, मलाई अरु चाहिएन मेरो बढी गएको रकमको हिसाव र मुद्धा लड्दा खर्च भएको रकम फिर्ता चाहियो ।’
दुख दिने नियतले कार्यालयका कर्मचारीहरुले यसो गर्दा पनि मनिसा थाकेकी छैनन् । उनी जसरी पनि न्याय पाउने आसामा छन । जिल्ला अदालत बाँकेमा दर्ता गरिएको अपराधिक उपद्रव मुद्धा भने मनिसाले जितेकी छन । तर पनि उनले क्षतिपूर्ति पाएकी छ्रैनन् ।
पीडित मनिसाले यही जेठ ८ गते एनएमबि लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय बनकटुवालाई किस्ता तिर्दा तथा बचत गर्दा ऋण भन्दा बढी भुक्तानी रकम फिर्ता पाउ भन्दै निवेदन दिएकी छन । निवेदन माथि अहिले सम्म कुनै सुनुवाई भएको छैन ।
यस्तै मुद्धा लड्दा खर्च भएको साढे ३ लाख रकम पनि क्षतिपूर्ति बापत फिर्ता पाउँ भनि निवेदनमा उल्लेख गरेकी छन ।
एनएमबि लघुवित्त कार्यालयका कर्मचारीहरुले भने यो विषयमा केन्द्रीय कार्यालय पोखरामा कुरा पुर्याउने र समस्याको समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
मनिसाको निवेदन यसप्रकार छ

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार