२०८३ भाद्र ३० गते मङ्गलवार

रेल दुर्घटनामा मन बहादुरकाे मृत्यु भयो बुढा आमा बुवाकाे भराेसाकाे दियो निभ्याे 



रेल दुर्घटनामा मन बहादुरकाे मृत्यु भयो बुढा आमा बुवाकाे भराेसाकाे दियो  निभ्याे

जेठ ३० , दाङ

राेजगारिकाे लागि मुम्बई जाँदै गरेका दाङका मन बहादुरकाे रेलबाट खसेर दर्घटनामा परि मृत्यु भयाे । मृत्यु भएका मन बहादुरकाे शव नेपाल पुगाइएकाे छ । आगनमा जवान छाेराकाे क्षेतबिक्षत लास ढलेकाे छ । बुढा आमा बुवा काे अगाडि रहेको लास हाे वा निर्जीव बस्तु छुट्याउन सक्ने मानसिक अवस्थामा छैनन । मृत्युु प्राकृतिक नियम हाे तर जवान छाेरा बुढा आमा बुवा भन्दा अगाडि नै आकस्मिक निघन हुनुले भविष्यकाे आसा र भराेसाकाेे दियो निभेकाे छ । जिन्दगीकाे बुढेसकालकाे झिनो सपना पनि छाेराकाे मृत्यु संगै मरेको छ । छाेराकाे अन्तिम संस्कार संगै भविष्यकाे जिन्दगी दु ख काे पाेकाे बाेकेर बा आमाले बाच्नु पर्ने छ ।

 

मन बहादुर काे मृत्यु यहि महिना ६ तारिख रेल बाट खसेर भएको थियो । उनको नेपाल घर दाङ जिल्ला घोराही उप महानगर पालिका वडा 14 घररहेको छ । उनी बुवा कृष्ण बहादुर घर्तिमगर का एक मात्र छोरा वर्ष 32 का मन बहादुर घर्तिमगर रोजगार को सिलसिला मा भारत को महाराष्ट्र राज्य आउदै गर्दा कसरा रेल्वे स्टेशन को बिचमा रेल्वे बाट खसेर राति दुखत निधन भएको थियो ।

घटनाको छानविन गर्दा मिर्तक को नेपाली नागरिक भएको हुदा कल्याण रेल्वे पोलिस ले प्रवास नेपाली सम्पर्क विभाग भारत महाराष्ट्र राज्य सभापति राज रोकाया लाई मिर्तक का आफन्त हरुलाई सम्पर्क मा ल्याउन आग्रह गरेको थियो । राज रोकाया को लामो प्रयास सामाजिक संजालबाट आफन्तहरू 6/6/204 दिउस 2 बजे सम्पर्क मा आएका थिए ।

मिर्तक का बुवा आमा वृद्ध भएको कारणले मुंबई आउन नसकिने र छोरा को शव नेपाल ल्याई दिन प्रवास नेपाली सम्पर्क विभाग भारत लाई आग्रह गर्नु भएको थियो त्यस पश्चात् प्रवास नेपालि सम्पर्क बिभाग भारत ले मन बहादुर घर्ती मगरको लासलाई नेपाल पुराउन बिभागले आन्तरिक आर्थिक अभियान संन्चान गरेको थियो।जसमा मन बहादुर घर्तीमगर को लास नेपाल पुराउन सफल भएको छ ।

प्रवासी नेपाली सम्पर्क बिभाग का राज राेकायाले सम्पूर्ण प्रवास नेपाली सम्पर्क विभाग का पदधीकारी ज्यु हरू लाई आर्थिक , भाैतिक मानवीय नाताले सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । यस सहयोग अभियान मा सहयोग गर्ने सहयोगी दाता हरु लाई हिर्दय देखी धन्यवाद दिदै उनलेे गरेको आर्थिक सहयोगकाे एक नाम नछुटाई भिंडियों मा नाम र रकम सार्वजनिक गर्ने बताउनुभएको छ ।

बेरोजगारी भएको कारण भारत जानुपर्ने राेजगारी नपाउदै बिच बाटोमा नै मृत्यु हुनु यो आम नेपाली युवाहरुकाे प्रतिनिधि मुलक उदाहरण मात्र हाे यसता घटना बिदेशमा गएका कति युवाको भएको छल तेसकाे लेखाजोखा राज्यले गरेको छन । राज्यले युवालाई आफ्नो देशमा नै बस्ने र राेजिराेटी गर्न सक्ने वातावरण बनाउनुपर्छ । राज्यको ध्यान यस घटना प्रश्चात स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारकाे यता तिर जावस । काेही युवा राेजगारीकाे लागि प्रदेश गएर मृतक भएर बाकसमा फर्कन नपराेस । मृतक मन बहादुर प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार