भारतमा रेल बाट खसेर एक नेपाली युवाकाे मृत्यु
जेठ २४
महाराष्ट्र राज्यकाे कसरा रेल्वे स्टेसन नजिकै रेल बाट खसेर एक जना नेपाली युवाकाे मृत्यु भएकाे छ । मृत्युु भएका युवा संग भेटीएकाे नागरिकताकाे आधारमा मृतकाे पहिचान भएको छ ।
मृत्यु हुने दाङ जिल्ला साबिक गढवा गा वि स वडा नम्बर ५ हाल घाेराही उ मा न पा १० बस्ने कृष्ण घर्ती मगरका छाेरा ३३ बर्षिय युवा मन बहादुर घर्तिमगरकाे मृत्यु भएकाे प्रवासी सम्पर्क विभाग महाराष्ट्रका पुर्व सभापति राज राेकायाले जानकारी दिएका छन। घटना June ५ तारिख भएको हाे ।
मन बहादुरकाे अहिले पोस्ट मार्टमका लागि कल्याण रूपमणी बाई अस्पतालमा राखिएको र मृर्तकका आफन्तहरु सम्पर्क आएर शवकाे अन्तिम संस्कार गर्ने प्रकृया अगाडि बडाएकाे छ ।उनि रेल बाट खसे वा खसालियाे यस बिषयमा कल्याण रेल्वे प्रहरिले अनुसन्धान भैरहेकाे राेकायाले बताएका छन ।
https://youtu.be/RrpkMH6am84?feature=shared














प्रतिक्रिया दिनुहोस्