२०८३ भाद्र ३० गते मङ्गलवार

जुम्लामा प्राकृतिक तथा अायुर्वेद जनचेतनामूलक स्वास्थ्य शिविर तथा अन्तरकृया कार्यक्रम



जुम्लामा प्राकृतिक तथा अायुर्वेद जनचेतनामूलक स्वास्थ्य शिविर तथा अन्तरकृया कार्यक्रम
गाेविन्द रावत
जेठ १८ ,जुम्ला
जुम्लामा प्राकृतिक तथा अायुर्वेद जनचेतनामूलक स्वास्थ्य शिविर तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार जेठ १८ गते जुम्ला जिल्लाकाे रारासेरी बजारमा स्वास्थ्य शिविर तथा अन्तरक्रिया कार्यक्रम भएको हाे ।

कार्यक्रमका अध्यक्ष नेपाल_भारत_मैत्री_संघ_ कर्णाली प्रदेश का अध्यक्ष धन बहादुर बस्नेत रहेका छन् ।कार्यक्रमकाे प्रमुख अतिथि केन्द्रीय बरिस्ठ उपाध्यक्ष श्री शुस्मा शर्मा रहनुभएकाे थियोे । स्वास्थ्य शिविर तथा अन्तरक्रिया कार्यक्रममा तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढा , बागमती प्रदेश का अध्यक्ष श्री माधव तिमल्सिना , निवर्तमान राष्ट्रिय अध्यक्ष श्री राजकुमार सिन्धी लगायत स्थानीय सराेकारवाला काे उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविर बाट नागरिकले प्राकृति रुपमा उपलब्ध जडिबुटी बाट बनाएको औषधी प्रयोग गरेर राेग निक हुने र स्वास्थ्य राम्रो हुने ज्ञान प्राप्त गरेका छन् । शिविरमा ८३ जना बिमारी लाई ग्यास्टिक तथा पाइल्सकाे उपचार गरिएको छ । शिविर एक दिन मात्र संचालन भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार