सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु
जेठ १७ , सुर्खेत
सुर्खेतबाट कालिकोट तर्फ जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुदा चार जनाकाे मृत्यु भएकाे छ ।
सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ। मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन सकेको छैन।
भे १ ज २५६०नम्बरकाे बाेलेराे जीप आज विहान सडक देखि करिब पाँच सय मिटर तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना घाईतेलाई प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे छ ।
उक्त जिपमा सवार सबै शुभकालिका गाउँपालिका भर्ताका रहेका थिय ।
दुर्घटना कसरी भएकाे हाे भन्ने विस्तित बिवरण आउन बाकि रहेकाे छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार














प्रतिक्रिया दिनुहोस्