२०८३ भाद्र ३० गते मङ्गलवार

जुम्लाका ३ पत्रकार पुरस्कृत महासंघले गर्याे पुरस्कार काेषकाे स्थापना



जुम्लाका ३ पत्रकार पुरस्कृत महासंघले गर्याे पुरस्कार काेषकाे स्थापना
गोविन्द रावत
जेठ १५ , जुम्ला

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले क्रियाशिल तीन पत्रकारलाई पुरस्कार सहित काेष स्थापना गरेको छ । आज पत्रकार महासंघ जुम्ला शाखाको कार्यलयमा एक कार्यक्रम का विच पुरस्कार तथा समान गरिएको हाे ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लामा क्रियाशिल पत्रकार पुरस्कारका लागि रु पाँच लाखको कोष स्थापना भएको थियो ।
हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोष स्थापना गरेको हो । गाउँपालिकाले दिएको उक्त रकमको जुम्लामा क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने छ । कोषको औपचारिक घोषणा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष शाहीले महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीलाई काेष हस्तान्तरण गर्नु भएकाे छ । यसैगरी सो कोषबाट आएको रकमको व्याज तथा महासंघबाट ३ जना क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

क्रियाशिल पत्रकारहरु दिलमाया शाही, पत्रकार कृष्णमाया उपाध्याय र पत्रकार मानदत्त रावललाई पुरस्कृत गरिएको हाे । पत्रकार दिलमाया शाही गौरी–पदम स्मृति पुरस्कारबाट पुरस्कृत हुनु भएको छ, शाहीलाई रु एघार हजार एकसय ११ रुपैया नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी पत्रकार कृष्णमाया उपाध्याय महिला तथा बालबालिका क्षेत्रमा पत्रकारीता गरेर रु १० हजार एकसय रुपैयाले नगद तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यसैगरी पत्रकार मानदत्त रावलले युव तथा खेलकुद क्षेत्रमा पत्रकारीता गरेर उहाँलाई रु १० हजार एक सय रुपैया र नगद सहित समान गरिएको छ ।

पुरस्कृत हुने पत्रकारलाई हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन । कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष शाहीले जुम्लाको ईतिहासमा पत्रकारहरुको कामको प्रोत्साहन गर्न यो समान र सहयोग गरिएको बताउनुभयो । उहाँले क्रियाशिल र अग्रज पत्रकारलाई बधाई सहित शुभकामना दिनुभयो

 

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार