२०८३ भाद्र ३० गते मङ्गलवार

पचाल झरना गाउँपालिकामा समाजवादी मोर्चा गठन



पचाल झरना गाउँपालिकामा समाजवादी मोर्चा गठन
विनित कुमार तिरुवा
जेष्ठ १२ ,कालिकोट
समाजवादी मोर्चा नेपालको पचाल झरना गाउँपालिका कमिटी निर्माण गरिएको छ ।शुक्रबार बसेको मोर्चाको बैठकले गौरी सञ्ज्यालको नेतृत्वमा सात सदस्यीय कमिटी निर्माण गरिएको थियो। समाजवादी मेार्चामा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), तथा नेकपा (एस) सहित तीन दल सम्मिलित पार्टीको सात सदस्यीय कमिटी निर्माण भएको हाे

मोर्चाले आगामी जेठ २५ गते समाजवादी मोर्चा घोषणा सभा गर्ने निणर्य गरेको थियो ।बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज रणदिप सी नेकपा (माओवादी केन्द्र )का प्रदेश सदस्य तथा पचालझरना ईन्चार्ज तारा न्यौपाने , नेकपा (एस) का प्रदेश सदस्य चन्द बहादुर शाहीको उपस्थिति रहेको थियोे ।

माेर्चा गत साल अषाढमा निर्माण भएको हाे । अहिले माेर्चाकाे केन्द्रीय संयोजक नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव सी हुनुहुन्छ । माेर्चाले केन्द्र देखि स्थानीय सम्म वृहत समाजवादी माेर्चा घाेषणा गर्ने र नेपाली बिशेषता काे समाजवादको लागि छलफल कार्यक्रम गर्दै समाजवाद काे लागि जागरण ल्याउन पहल गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार