२०८३ भाद्र ३० गते मङ्गलवार

नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति ज. व. स./ माेर्चा काे सयूक्त समन्वयात्मक बैठक सम्पन्न



नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति ज. व. स./ माेर्चा काे सयूक्त समन्वयात्मक बैठक सम्पन्न
१० जेष्ठ ,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति ज. व. स. / माेर्चाकाे संयूक्त समन्वयात्मक बैठक सम्पन्न भएको छ । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बैठक सम्पन्न भएको हाे ।

बैठक पार्टी प्रदेश इन्चार्ज सुशील सी काे अध्यक्षतामा सुरु भएको हाे । बैठकमा नेकपा पाेलिट ब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज आधार सी ,सुर्खेत जिल्ला इन्चार्ज एटम सी लगायत , कर्णाली प्रदेशका सबै जिल्लाका इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्यहरु प्रतिनिधित्व सदस्यहरु , अखिल (समाजवादी) केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश सी ,सह इन्चार्ज सुवास सी सचिवालयल सदस्यहरु , केन्द्रीय सदस्यहरुफ युवा संगठन नेपाल कर्णाली प्रदेश इन्चार्ज निमेष सी , संगठनका सचिवालय सदस्यहरु , केन्द्रीय सदस्यहरु , अनेम कर्णाली प्रदेश इन्चार्ज सभ्यता सी केन्द्रीय सदस्यहरु , श्रमिक माेर्चा, सहिद तथा बेपत्ता परिवार सदस्यहरु लगाएत सम्पूर्ण प्रदेश का ज व स का केन्द्रीय सदस्यहरुकाे उपस्थिति रहेको थियोे ।

कर्णाली प्रदेश समितिले सम्पूर्ण ज व स काे सयूक्त समन्वयात्मक बैठक राखेको यो पहिलो अभ्यास रहेको प्रदेश इन्चार्ज सुशीलले जानकारी दिनुभयो । प्रदेश समितिले ज व सकाे सयूक्त बैठक आयोजना गरेर पार्टीको एकीकृत जनक्रान्ति काे विचारलाई व्यावाहारिक रुपमा कार्यनयन गर्न खाेजेकाे देखिन्छ । बैठकमा उपस्थिति सम्पूर्णले आफ्नो रिपोर्ट ,सल्लाह, सुझाव खुला रुपमा राखेका थिए । सबै काे साझा भाव क्रान्ति कसरी सम्पन्न गर्न सकिन्छ । नेपाली विशेषता काे समाजवाद कसरी प्राप्त गर्न सकिन्छ यसको लागि पार्टी र कार्यकर्ता ले जिम्मेवारी कसरी पूरा गर्ने कर्तव्य कसरी पूरा गर्ने विषयमा व्यापक छलफल भएको छ ।

बैठकमा पार्टी पाेलिट ब्यूरो सदस्य आधार सिले प्रशिक्षण दिदै भनुभयाे अब सम्पूर्ण नेता र कार्यकर्ता जनता संग प्रत्यक्ष जोडिए र जनताका विषयमा हामीले पहल गर्नुपर्नेछ भनुभयाे । समाजवाद का आधार तयार गरेर देखानु पर्छ तेसकाे लागि पार्टीले बनाएको योजना ज व स ले इमानदारी कार्यनयन गर्नु पर्छ भनेर प्रशिक्षित गर्नुभयो ।

सुर्खेत जिल्ला इन्चार्ज एटम सीले पार्टीको शक्ति भनेको ज व स संगठन हाे । कर्णाली प्रदेश क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको इतिहास भएको अब नेपाली बिशेषता काे समाजवाद प्राप्तिको आन्दोलनको नेतृत्व कर्णाली प्रदेशले गर्नुपर्ने धारणा राख्नुभयाे।

बैठकका अध्यक्ष सुशील सी ले सम्पूर्ण ज व सका नेतृत्वले यस प्रदेशमा केन्द्रीय कमिटीको र्सकूलर अनुसार जिम्मेवारी गर्ने विश्वास व्यक्त गर्दै प्रदेश स्तरीय सम्पूर्ण ज व स काे अभिभावकद पार्टी प्रदेश कमिटीले गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बैठकमा सम्पूर्ण ज व स का सदस्यकाे जिम्मेवारी र कार्यबिभाजन गरिएको छ । उपस्थिति सम्पूर्ण लाई धन्यवाद दिदै अध्यक्ष सहित सबैले नारा लगाएर बैठक समाप्नन भएको थियोे  ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार