तिला गाउँपालिकाले दुई दिने नि शुल्क स्वस्थ्य शिविर सुरु गर्यो
जेष्ठ ७ , जुम्ला
तिला गाउपालिकाको स्वास्थ्य शाखाले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । जेष्ठ ५ गते तिला गाउँपालिका को मानेचौरमा स्वास्थ्य शिविर सुरु भएको हो ।स्वास्थ्य शिविरमा
उपाध्यक्ष कार्याक्रम अन्तरगत तिलागाउँपालिका मानेचौरका नागरिकले निशुल्क स्वास्थ्य उपचार गरेका थिए । उत्त निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ४ जना नागरिकले स्वास्थ्य चेकजाँज गरेका छन ।
जनता सँग उपाध्यक्ष कार्यक्रम मार्फत स्त्रीरोग, हड्डी नशा लगायतका रोगको बारेमा चेकजाँच गरिएको तिलागाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताएकी छन । उनका अनुसार महिलामा पाठेघरको बिमारी धेरै भएको उपचार गर्न टाढा जानुपर्ने बाध्यता भौगोलिक कठिनाइ आर्थिक समस्याको को कारण यहाँका महिलाको स्वस्थ्य समस्यालाई मध्यनजर गरेर बिमारीलाई गाउँपालिका मा नै निस् शुल्क स्वास्थ्य शिविर संचालन गर्नुपरेको बताएकी हुनल।

स्वास्थ्य शिविरमा आएका आङ खस्ने समस्या भएका महिला , तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि औषधि वितरण गरिएको छ जटिल समस्या भएका हरुलाई रिफोर गरिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले बताएका छन ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेको छ ।यस कारण यो शिविर गाउँमै हुदा अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेका छन । उपचारमा आएका अधिकांश महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, स्वास्थ्यकर्मीको टोलीले बताएका हुन ।
स्वस्थ्य कर्मिका अनुसार कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने सक्ने जोखिम धेरै हुनसक्छ तेसैले महिलाले आफ्नो स्वास्थ्य को राम्रोसँग ख्याल गर्नुपर्ने सुझाव स्वस्थ्यकर्मिले दिनुभयो । शिविर जेठ ४ र ५ गतेसम्म चलेको थियो ।














प्रतिक्रिया दिनुहोस्