२०८३ जेष्ठ २२ गते शुक्रवार

१५५ अैां लेनिन जन्यति ७६ अैां कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

१५५ अैां लेनिन जन्यति ७६ अैां कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बैशाख १० ,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी ( मसाल )सुर्खेतले १५५ अैां लेनिन जन्यति ७६ अैां कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार (मसाल)काे जिल्ला पार्टी कार्यलयमा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम मा सुर्खेत स्थित बामपंथी कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (मसाल)एमाले ,माओवादी , नेपाल कम्युनिस्ट पार्टी , एकीकृत (समाजवादी )काे उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि मसाल का केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले नेपालमा कम्युनिस्ट पार्टी स्थापना समाजवाद ल्याउन काे लागि स्थापना भएको तर माक्र्सवाद काे बिचार र सिद्धान्तमा एकरुपता नहुदा कम्युनिस्ट पार्टी बिभाजन टुठफुट हुदै आएको यसले नेपाल तथा बिश्वब्यापी कम्युनिस्ट पार्टीलाई लाई कमजोर बनाएको बताउनुभयो । समाजवाद प्राप्तिका लागि क्रान्ति आवश्यक रहेको तर तेसकाे लागि बस्तुगत आत्मगत परिस्थिति प्रमुख हुने हुदा नेपाल मा त्यो अवस्था नरहे काे समाजवाद प्राप्त गर्नकाे लागि कम्युनिस्ट विचार र सिद्धान्तको रक्षा विकास गर्दै जानुपर्ने जनता लाई क्रान्तिकाे लागि जागुरुक बनाउनुपर्ने सम्पूर्ण कम्युनिस्ट पार्टीले जाेड दिनुपर्ने बताएका हुन ।

कार्यक्रम का वक्ताले नेपालमा समाजवाद ल्याउन काे लागि सबै बामपंथी कम्युनिस्ट एकजुट भएर लाग्नुपर्ने बताएका छन । बामपंथी बुद्धिजीवी केदारप्रसाद कडेलले विश्व कम्युनिस्ट पार्टी स्थापना विश्व क्रान्तिकारी इतिहासको बारेमा आप्नो भनाइ राखेका हुन ।

कार्यक्रम मा नेपाल कम्युनिस्ट पार्टी विप्लव का सुर्खेत जिल्ला सदस्य तुलराज सी ले नेपाल मा कम्युनिस्ट पार्टी स्थापना भएको लामो समय हुदा पनि समाजवाद नआएको अब नेपाली बिशेषताकाे समाजवाद ल्याउन काे लागि सम्पूर्ण कम्युनिस्ट पार्टीले बहस गर्नुपर्ने बताउनुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका रगविर विश्वकर्माले नेपालमा सैद्धान्तिक रुपमा कम्युनिस्ट पार्टी भए पनि व्यावहारिक रुपमा कम्युनिस्ट नभए अब व्यावहारिक रुपमा कम्युनिस्ट भए मात्रै जनताले बिश्वास गर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्षले आगामी दिनमा यस्ता थप कार्यक्रम गर्दै जाने प्रतिबद्धता सहित उपस्थिति सबैलाई धन्यवाद दिदै कार्यक्रम काे समापन गर्नुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार