दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनताको चाहाना कुनै पनि हालतमा पुरा गर्न सक्दैन
सुर्खेत
नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनताको चाहाना कुनै पनि हालतमा पुरा गर्न नसक्ने बताएका छन । समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले यस्तो कुरा बताएका हुन् ।

उनले नेपालमा सबै कम्युनिष्ट समाजवादीहरुको साझा एजेण्डाको रुपमा समाजवाद स्थापित भएकाले कुनै पनि मुल्यमा यसलाई नेपाली जनताको आँखामा कमजोर हुन दिन नहुने बताए । समाजवादी मोर्चा नेपालका संयोजक विप्लवले भने ‘जनयुद्ध र जनआन्दोलनले प्राप्त गरेको गणतन्त्र पनि समाजवादको आधार हो । यसलाई दलाल पुँजीपति वर्गले आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेका छन । नेपालका कम्युनिष्ट समाजवादीहरुले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा बदल्ने अभियानमा लाग्नु पर्छ ।’

नेपालमा दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनताको चाहाना कुनै पनि हालतमा पुरा गर्न सक्दैन,साम्राज्यवादीले दलाल पुँजीवादलाई संरक्षण गरेको छ,यसका विरुद्ध सड्क,सदन र सरकारको मोर्चाबाट सघर्ष गर्नुको विकल्प छैन समाजवादी मोर्चाका संयोजक विप्लवल भने ।उनले नेपालमा पाँचबटा समाजवादको बारे कुरा उठेपनि अहिलेको लागि नेपाली विशेषताको समाजवाद नेपालका लागि सहि र बस्तुवादी भएको जिकिर गरे ।
‘नेपालमा अग्रगामी निकासको लागि चार पार्टीले समाजवादी मोर्चा मार्फत अगाडि सारेको नेपाली विशेषताको समाजवाद अहिलेको उत्तम विकल्प भएको दाबी गदै विप्लवले भने ‘नेपालमा कानुन लुटेराहरुको हितमा भयो, यी खिया लागेका कानुन हुन ,यिनलाई बदल्ने समाजवाद चाहियो । आज सरकारमा मात्र कम्युनिष्ट गएर केही हुदैन,राज्यका निकायमा साम्राज्यवादी पुँजीवादी कानुन छ,यसलाई बदल्ने समाजवाद चाहिएको छ,त्यो समाजवादी मोर्चाले पुरा गर्नेछ ।’
https://youtu.be/DtA0NOGKFcc?si=QPaw3cUn-pL5Il4V
महासचिव विप्लवले नेपालमा ०४७ साल र यथास्थितिवाद दुबै हुन नसक्ने बताउदै नेपालको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र भएको उद्घोष गरे । उनले एमसीसी मार्र्फत साम्राज्यवादले नेपालमा सैन्य अखडा राख्न चाहिरहेको खुलासा गर्दै त्यसविरुद्ध सबै कम्युनिष्ट,क्रान्तिकारी, देशभक्त शक्तिहरुले प्रतिवाद गर्नुपर्ने बताए ।
उनले नेपालको कम्युनिष्ट जनमत समाजवादी जनमत भएको बताउदै नेपालका कम्युनिष्ट नेता, कार्यकर्ता र जनतामा विकास भईरहेका समाजवादमा भ्रणहरु एकीकृत गरेर कम्युनिष्टहरुको एकीकृत मोर्चा बनाउनु पर्नेमा जोडदिए
https://youtu.be/eI8E4KGggrw?feature=shared














प्रतिक्रिया दिनुहोस्