२०८३ भाद्र ३० गते मङ्गलवार

भारतमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु



 

भारतमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुदा सात नेपालीहरुकाे मृत्यु भएकाे छ ।
राेजगारिकाे लागि भारतकाे नैनिताल पुगेका  उनि
जल जीवन मिसन प्रोजेक्टमा काम गर्दै आएका थिए।
उक्त प्राेजेक्टकाे काम सकिए  पछि घर फर्किदै गर्दा
सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी दुर्घटना भएकाे थियाे ।

 

बस सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार अमर  उज्यालो  स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ)को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको बताएकाे छ ।

मृतक हुनेमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत रहेका छन्।

 

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् सात जना मृत्युक नेपालीहरु
महेन्द्रनगरका रहेकाे बताईएकाे छ ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार