२०८३ साउन १३ गते बुधवार

भुकम्पले ६ बालबालिका अभिभावक विहीन बनायो



 

भुकम्पले ६ बालबालिका अभिभावक विहीन बनायो

kamal

कार्तिक १७ गते राति जाजरकोट केन्द्र बिन्दु बनाएर आएको भुकम्पले आफ्नत गुमाए पछि ६ बालबालिका अभिभावक बिहीन बनेका छन ।

जाजरकोटको कुशे गाउँपालिकाका ४ जना र नलगाडका २ जना बालबालिका अभिभावक विहीन भएको राष्ट्रिय बालबालिका अधिकार परिषद कर्णाली प्रदेश संयोजक डम्बर बहादुर रोकायाले जानकारी दिएका छन । अहीले ६ जना बालबालिकालाई आफ्नतकोमा बुझाएको छ ।आफ्नत नहुने बालबालिकालार्इ बाल संरक्षण समितिले जिम्मेवारी लिएको छ ।
अभिभावकविहिन हुनेमा कुशे गाउँपालिका ७ का बर्ष ५का बादल पुन ,बर्ष३का शीतल पुन हुन ।तेसै गरी बर्ष १४ का राजेन्द्र टमटा र बर्ष १७ का लक्ष्मण टमटा रहेका छन ।

बादल र शीतलका बाबुको मृत्यु भुकम्पका कारण भएको हो भने उनिहरुका आमाको यस अघि नै अन्य कारणले मृत्यु भएको थियो । उनिहरु अहिले काकाकोमा बस्ने गरेका छन ।

 

https://youtu.be/D64Yz82r19Q

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार