२०८३ साउन १४ गते बिहिवार

झूटाे प्रचारको पर्दाफास : “मरे” भनिएका इरानी सेनापतिहरू सकुशल, जिम्मेवारीमै सक्रिय



झूटाे प्रचारको पर्दाफास : “मरे” भनिएका इरानी सेनापतिहरू सकुशल, जिम्मेवारीमै सक्रिय

देपेन्द्र बहादुर शाही

स्वाभिमान खबर २६ जुन, काठमाडौँ

पछिल्ला दिनमा इजरायली र भारतीय मिडियामा व्यापक प्रचार गरिएको एउटा ‘ब्रेकिङ न्यूज’ अहिले झुटको पर्दाफास भएको छ। ‘इजरायलले इरानका शीर्ष चार सैन्य अधिकारीलाई निशाना बनाएर हत्या गर्‍यो’ भन्ने दावी पूर्ण रूपमा असत्य भएको पुष्टि भएको छ।

तस्बिरमा देखिएका चारजना व्यक्तिहरू हुन्—इरानका वरिष्ठ सैन्य अधिकारी तथा रणनीतिक निर्णायक व्यक्तित्वहरू:

जनरल इस्माइल कानी — इरानको ‘कुद्स फोर्स’ प्रमुख,

अली शमखानी — इरानका पूर्व सुरक्षा परिषद प्रमुख,

जनरल अब्दुलरहीम मूसवी — इरानको थलसेनाका प्रमुख,

अजीज नसीरजादेह — इरानी वायु सेनाका कमाण्डर तथा रक्षा मन्त्रालयसँग आवद्ध उच्च पदस्थ अधिकारी।

केही दिनअघि इजरायली मिडियाले यी चारै जना अधिकारी इजरायली हमलामा मारिएको भन्दै समाचार सार्वजनिक गरेका थिए। त्यसपछि भारतीय मिडियामा समेत त्यसैलाई उद्धृत गर्दै ‘विशेष सफलता’का रूपमा प्रचार गरियो। तर पछिल्लो तथ्यांक र प्रमाणहरूले उनीहरू सबै सकुशल रहेको र आफ्नो–आफ्नै जिम्मेवारीमा सक्रिय रहेका कुरा पुष्टि गरेका छन्।

इन्धन हाल्ने उद्देश्यले फैलाइएका यस्ता झुटा प्रचारहरूले एकातिर क्षेत्रीय तनाव बढाउँछन् भने अर्कातिर स्वतन्त्र पत्रकारितामाथि प्रश्नचिन्ह खडा गर्छन्। यस्ता भ्रामक समाचारले रणनीतिक क्षेत्रमा भ्रम र उत्तेजना फैलाउने प्रयास गरेको देखिन्छ।

यथार्थ पत्ता लागेपछि विशेष गरी इस्लामी देशहरूमा उत्साह छाएको छ। नेपालमा समेत विभिन्न धार्मिक तथा राजनीतिक वृत्तमा यो समाचारले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

इजरायली दावीको चिरफारपछि सत्य उजागर हुनु र ती उच्च अधिकारीहरू अझै पनि जिम्मेवारीमा क्रियाशील हुनुले धेरैलाई राहत दिएको छ। अब प्रश्न उठ्छ—यस्ता झुटा प्रचारहरू किन गरिन्छ? र अन्तर्राष्ट्रिय समाचारमाध्यमहरू त्यसप्रति कति उत्तरदायी छन्?

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार