२०८३ साउन १३ गते बुधवार

सगरमाथाको काखबाट चेतावनी दिइन् कतारी राजकुमारी आश्मा अलथानीले: ‘हिउँ पग्लँदैछ, पृथ्वी रोइरहेकी छ’



सगरमाथाको काखबाट चेतावनी दिइन् कतारी राजकुमारी आश्मा अलथानी: ‘हिउँ पग्लँदैछ, पृथ्वी रोइरहेकी छ’

जलवायु संकटप्रति गहिरो चिन्ता, नेपाल र विश्वलाई सगरमाथाको आवाज सुन्न आग्रह”

कमल कुमार शाही
स्वाभिमान संवाददाता
नाम्चे, सोलुखुम्बु, नेपाल

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा उभिएर, कतारकी राजकुमारी र अनुभवी पर्वतारोही आश्मा अलथानीले सम्पूर्ण मानव जातिलाई झस्काउने सन्देश दिएकी छन्—“सगरमाथा रोइरहेको छ, हामीले सुन्नुपर्छ।”

‘Expedition to Awareness’ शीर्षकमा गरिएको उनको यो आरोहण केवल साहसिक अभियान थिएन। यो हिमालको हृदयबाट विश्वमाझ पठाइएको एक चेतावनी थियो जलवायु परिवर्तन अब विचारको विषय होइन, कारबाहीको आह्वान हो।

हिउँको हराउँदै गरेको सेतो संसार

राजकुमारी अलथानीले भनेकी छन्,
“हिजोका तस्बिरमा जुन सगरमाथा देखिन्छ, आज त्यो एकदमै फरक देखिन्छ। ग्लेशियरहरू पग्लिँदै छन्, हिउँको स्तर घट्दै छ। यहाँको चिसो शान्ति अब संकटको मौन स्वर बनेको छ।”

सगरमाथा क्षेत्रमा तापक्रम बढ्दै गएको र हिउँ हराउँदै गएकाले भविष्यमा दक्षिण एशियाको पानी स्रोतहरू खडेरीमा पर्ने गम्भीर सम्भावना उनले औँल्याइन्।

विश्वलाई प्रश्न: ‘कति प्रतीक्षा गर्ने?’

“पृथ्वीलाई सास फेर्न दिऊँ। हाम्रो मौनताले वातावरणलाई मृत्युको नजिक पुर्‍याउँदैछ।” – राजकुमारी आशा

उनले राष्ट्रसंघ, अन्तर्राष्ट्रिय नेतृत्व र औद्योगिक राष्ट्रहरूलाई ठाडो प्रश्न गरिन्—‘कति सम्मेलन पर्खने? कति सम्झौताहरू पढ्ने? अब किन कार्यनयन नगर्ने?’

उनले विशेष गरी सगरमाथालाई ‘पृथ्वीको मुटु’ संज्ञा दिँदै भनिन्—
“यदि सगरमाथा सुरक्षित छैन भने, संसारका अरू भागहरू अझ जोखिममा छन्।”

नेपालका लागि सन्देश

राजकुमारी अलथानीले नेपाली युवाहरूलाई सम्बोधन गर्दै भनिन्—
“तपाईंहरू सगरमाथाको सन्तानहरू हो। यसको रक्षा गर्नु तपाईंहरूको गौरव मात्र होइन, कर्तव्य पनि हो। जलवायु चेतना अब किताबको कुरा होइन, जीवनकै प्रश्न हो।”

सगरमाथाबाट उठेको सन्देश: विश्व जाग्नु पर्ने समय यही हो

राजकुमारी अलथानीको शब्दमा पीडा छ, तर आशा पनि। उनले हिमालको काखबाट संसारलाई देखाएकी छन् कि सगरमाथा अझै पनि हामीसँग संवाद गर्न चाहन्छ—तर त्यसका लागि हामीले सुन्न तयार हुनुपर्छ।
स्रोत – अलथानीकाे फेस्बुक वालबाट

 

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार