आज २७ अैाँ भुकम्प सुरक्षा दिवस देशभर विविध कार्यक्रम गरि मनायो
स्वाभिमान खबर माघ , २ काठमाडौं
कमल कुमार शाही
” भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा आज २७ अैाँ भुकम्प सुरक्षा दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा
काठमाडौँको कीर्तिपुर नगरपालिकामा कार्यक्रम सम्पन्न भएको छ।
यस अवसरमा बिहान प्रभातफेरी, भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी, र्याली, गोष्ठी, अन्तर्क्रिया, र अन्य सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका थिए।
देशभरका प्रदेश र स्थानीय तहहरूले पनि भूकम्प सुरक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन्।
, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वृहत् प्रदर्शनी मेला आयोजना गरिएको छ, जसमा भूकम्प सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्।
यस दिवसको अवसरमा विज्ञहरूले भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।














प्रतिक्रिया दिनुहोस्