२०८३ साउन १२ गते मङ्गलवार

नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपालका निर्वाचित उमेदवार लाई प्रचण्डले स्वागत गरे



नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपालका निर्वाचित उमेदवार लाई प्रचण्डले स्वागत गरे
पौष ५ , काठमाडौं
देपेन्द्र बहादुर शाही
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल का निर्वाचित उमेदवारलाई माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।

मंसिर २८ गते भएको महासंघको निर्वाचनमा देशभरिबाट निर्वाचित उमेदवारलाई अध्यक्ष प्रचण्ड लगायत उपाध्यक्ष अग्नि सापकोटा , उपाध्यक्ष पम्फा भुसालले बधाई तथा स्वागत गरेका हुन ।

अध्यक्ष प्रचण्डले देशभर प्रेस सेन्टर नेपालमा आस्था राख्ने केन्द्रीय काेषाअध्यक्ष रामकृष्ण अधिकारी सहित वाग्मती प्रदेश अध्यक्ष कृष्ण सारुमगर ,एशाेसियट प्रदेश राेयल आचार्य ,उपत्यका प्रदेश टेनिस राेका जिल्ला अध्यक्ष शाेभा अर्याल काठमाडौ ,सुबिना सुनारी मगर राेल्पा, रामहरि कार्की ललितपुर ,गाेपाल रेग्मी रुकुम पश्चिम ,वसन्त बाँठा मगर रुकुम पूर्व ,निर्मल घिमिरे बर्दिया ,डिलाराम भुसाल कपिलवस्तु ,डिल्लीराम रावत सल्यान ,रामथापा बागलुङ ,पुर्णपसाद चौलागाईं जुम्ला ,केशवपसाद पौडेल रसुवा ,महेश दास महतरी, अमर सुनार दैलेख एकराज गिरी झापा , ओमप्रकाश खनाल पर्सा र रामहरि गजुरेल नुवाकाेटबाट विजय भएको उमेदवारलाई स्वागत गरेका थिए ।

प्रेस सेन्टर नेपाल का देशभर एक केन्द्रीय काेषाध्यक्ष चार केन्द्रीय सदस्य तीन प्रदेश अध्यक्ष र १६ जिल्ला अध्यक्ष गरि कुल २४ स्थानमा विजय भएका छन । महासंघको केन्द्रीय अध्यक्षमा निर्मल शर्मा विजय भएको छन ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार