लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा मध्यपश्चिम विश्वविद्यालयले हस्ताक्षर गरेर ऐक्यबद्धता जनायो
मंसिर १७ , सुर्खेत
कमल कुमार शाही
“हामी सबैको प्रतिबद्धता : लैङ्गकि हिंसा अन्त्यका लागि ऐक्यबद्धता ” भने मुल नारा सहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा मध्यपश्चिम विश्वविद्यालयले ब्यानरमा हस्ताक्षर गरेर अभियान प्रति ऐक्यबद्धता जनाएको छ । अभियान प्रति ऐक्यबद्धता तथा हस्ताक्षर कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा डा धुब्र कुमार गौतमको आयोजना मा सम्पन्न भएको हाे । कार्यक्रम विश्वविद्यालय हाताभित्र आयोजना गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका सम्पूर्ण कर्मचारीले ऐक्यबद्धता सहित हस्ताक्षर गरेर कार्यक्रममा उपस्थिति जनाएका छन् ।
हिंसा रहित समाज निर्माण गर्न विश्वविद्यालयले जाेड दिएको छ । विश्वविद्यालयले समाजलाई उन्नत शिक्षा दिनुपर्ने र शिक्षा नैतिक र व्यावारिक मानवीय गुण भएको दक्ष कुशल क्षमतावान हुनुपर्ने भनेको छ ” हिंसा रहित समाज , उन्नत शिक्षा , कुशल जनशक्ति विश्वविद्यालय काे इच्छा ”
महिला हिंसा विरुद्धको १६ दिने अभियान (16 Days of Activism Against Gender-Based Violence) लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष विश्वभर मनाइने अन्तर्राष्ट्रिय अभियान हो। यो अभियान नोभेम्बर २५ (अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस) देखि डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्म १६ दिनसम्म सञ्चालन गरिन्छ।
यो अभियानले समाजमा लैङ्गिक समानता, हिंसा सहन नपर्ने चेतना, र पीडितको अधिकार सुनिश्चित गर्न आवाज उठाउने कार्यलाई प्राथमिकता दिन्छ।
नेपाल लगायत विश्वका धेरै देशहरूमा यो अभियान विभिन्न संघ-संस्थाहरू, सरकारी निकायहरू, र नागरिक समाजको सक्रिय सहभागितामा मनाइन्छ।













प्रतिक्रिया दिनुहोस्