लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा सडक नाटक प्रदर्शन
मंसिर १४ , सुर्खेत
प्रवेश सिंह ठकुरी
आवाज सुर्खेतद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा सडक नाटक प्रदर्शन गरिएको छ । आवाज सुर्खेतले मंसिर १४ गते लैङ्गकि हिंसा बिरुद्धकाे १६ दिने अभियानको अवसरमा संन्देशमुलक सडक नाटक प्रदर्शन गरेको हाे ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का भाईबहिनीहरुले समाजमा घटने घटेका घटनाहरुलाई न्यूनीकरण गर्ने उदेश्यले बालबालिकाहरुले संन्देशमुलक सडक नाटक देखाएका थिए । नाटक मार्फत बालबालिकाले हिंसा रहित समाजको निर्माण गर्ने तथा बालविवाह विवाह बिरुद्ध सडक नाटक देखाइएको थियोे ।
हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संस्थाद्वारा गठन गरिएका विरेन्द्रनगर नगरपालिका वडा नं २ समुहका भाई बहिनीहरूले समाजमा दिन प्रत्येक दिन घटेका घटनाहरुलाई लक्षित गरेर नाटकको अभिनय मार्फत हिंसा रहित समाजको निर्माण गर्न तथा बाल बिवाह बिरुद्ध सन्देशमूलक नाटक प्रदर्शन गरेका हुन ।
लैङ्गकि हिंसा राेकथामकाे लागि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आवाज सुर्खेतले विभिन्न रचनात्मक , सृर्नात्मक तथा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरि अभियान सफल पार्ने आवाज सुर्खेतकि कार्यक्रम संयोजक संगिता ओलीले बताउनुभयो।
महिला हिंसा विरुद्धको १६ दिने अभियान (16 Days of Activism Against Gender-Based Violence) लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष विश्वभर मनाइने अन्तर्राष्ट्रिय अभियान हो। यो अभियान नोभेम्बर २५ (अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस) देखि डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्म १६ दिनसम्म सञ्चालन गरिन्छ।
यो अभियानले समाजमा लैङ्गिक समानता, हिंसा सहन नपर्ने चेतना, र पीडितको अधिकार सुनिश्चित गर्न आवाज उठाउने कार्यलाई प्राथमिकता दिन्छ।
नेपाल लगायत विश्वका धेरै देशहरूमा यो अभियान विभिन्न संघ-संस्थाहरू, सरकारी निकायहरू, र नागरिक समाजको सक्रिय सहभागितामा मनाइन्छ। अभियान काे याे बर्षकाे नारा ” हामी सबैको प्रतिबद्धता : लैङ्गकि हिंसा अन्त्यका लागि अभियान ” रहेको छ ।














प्रतिक्रिया दिनुहोस्