२०८३ साउन १३ गते बुधवार

अल्माेडा बस दुर्घटनामा मृर्तककाे संख्या ३७ पुग्याे सरकारले दुई लाख राहत दिने



अल्माेडा बस दुर्घटनामा मृर्तककाे संख्या ३७ पुग्याे सरकारले दुई लाख राहत दिने

देरादुन भारत

भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्एर ३७ पुगेकाे छ ।
उत्तराखण्ड राज्यकाे अल्माेडा जिल्लाकाे मार्चुला भन्ने ठाउँमा साेमबार बिहान ८:३० बजे दुर्घटना भएकाे थियाे ।

मृत्तक प्रति शाेक व्याक्त गर्दै भारतीका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई दुई लाख भारतिय रुपैया दिने र घाइते भएकालाई ५० हजार सहयोग गर्ने भारतीय प्रधानमन्त्री कार्यालयबाट जारि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

साे दुर्घटनामा गम्भीर घाइते भएका तिन जनालाई हेलिकप्टर मार्फत उद्धार गरि देरादुन लगिएकाे छ ।

अल्मोडा बजार नजिकै रहेकाे जंगलमा भएको दुर्घटनाकाे अनुसन्धान गर्न उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले निर्देशन दिएका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार