२०८३ भाद्र ३० गते मङ्गलवार

आगलागी हुदा ५०बाख्रा जलेर नष्ट बुबा छाेरि गम्भीर घाईते ।



 

आगलागी हुदा ५० बाख्रा जलेर नष्ट बुबा छाेरि गम्भीर घाईते ।

कालिकोट

 

नवदुर्गा सामुदायिक वनमा दिउँसो लागेको आगोमा परि बाख्रा चराउन गएका बाबु छोरी जलेर घाइते भएका हुन्। घाइते बाबु छोरीलाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटकाले जाकारि दिएकाे छ ।

आगोमा परी घाइते भएका बाबु छोरीलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा उपचार सम्भव नभएपछि उनीहरूलाई जुम्ला रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका कार्यालय प्रमुख डा. संकेत विश्वकर्माले बताए।

५० बर्षिय नन्दराम चाैलागाईकाे ६०% भन्दा बढि जलेकाे छ भने १२ बर्षिय बालिकाकाे ७०% भन्दा बढी भाग जलेकाे थियाे ।
अवस्था गम्भीर भए पछि आकस्मिक हवाई प्रेषणकाे लागि सम्बन्धि निकाय समक्ष अनुराेध गरियकाे र साँझ परिसकेकाे कारणले दुईवटा एम्बुलेन्स र स्वास्थ्यकर्मी सहित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रेफर गरिएकाे जिल्ला अस्पतालमा कार्यरत मदन पुनले जानकारि दिएका छन ।

उक्त एम्बुलेन्समा स्वयम् जुम्ला जाँदैगरेकाे र बिरामीकोहरुकाे अवस्था चिन्ताजनक रहेकाे बताएका छन ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार