प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति कल्याण डाेम्बिवली नगर समितिकाे तेस्रो नगर समीक्षा बैठक सम्पन्न
Mumbai
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण डाेम्बिवली नगर समितिको तेस्रो नगर सम्मेलन को समिक्षा बैठक होजो 4 मार्च 2024 का दिन दिबा पाटिल सभागृह हल पिपलेश्वर डोम्बिवली पूर्व मा एकदमै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
बैठकको अध्यक्षता नवनिर्वाचित अध्यक्ष गगन कार्की ज्यू ले गर्नु भएको थियो भने संचालन नवनिर्वाचित सचिव बिनोद जैशी ज्यू ले गर्नुभएको थियो।

उक्त समिक्षा बैठकका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रीय सदस्य एवम् महाराष्ट्र राज्य प्रचार प्रसार तथा प्रकाशन बिभाग मनिटर आदरणीय ब्यक्तित्व महेन्द्र शाही एमपी ज्यू हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अध्यक्ष आदरणीय ब्यक्तित्व जनक खड्का ज्यू हुनुहुन्थ्यो, साथै अतिथि हरुमा महाराष्ट्र राज्य सचिवालय सदस्य एवम् प्रचार प्रसार बिभाग प्रमुख पदम कार्की ज्यू, महाराष्ट्र राज्य सचिवालय सदस्य रण वहादुर शाही ज्यू , राज्य सदस्य एवम् नगर इन्चार्ज इन्द्र बहादुर कार्की ज्यू राज्य समिति महिला बिभाग सदस्य एवम् नगर महिला बिभाग प्रमुख गायत्री पुरी ज्यू लगायतको उपस्थिति रहेको थियो।
समिक्षा बैठकका प्रमुख अतिथि, विशिष्ट अतिथि, र अन्य अतिथि हरूलाई नगर समितिका पदाधिकारी ज्यूहरूले मायाको चिनो सम्मान पत्र सहित अबिर ग्रहणका र खादा लगाएर उच्च सम्मान गर्नुभएको थियो साथै प्रमुख अतिथि र विशिष्ट अतिथि ले तेस्रो नगर सम्मेलन आयोजक समितीले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक समितीका सम्पूर्ण सदस्य हरुलाई धन्यवाद का साथ सम्मान पत्र प्रदान गर्नुभएको थियो, भने तेस्रो सम्मेलन बाट नवनिर्वाचित नगर समिति लाई कार्य सफलताको शुभकामना सहित अबिर ग्रहण गरेर प्रमाण पत्र प्रदान गर्नुभएको थियो। साथै बैठकमा उपस्थित सबैले आफ्नो परीचयका साथ आआफ्नो धारणा राखेका थिय भने समिक्षा बैठकका प्रमुख अतिथि शाही ले समिक्षा र संगठनको बारेमा प्रशिक्षण मुलक महत्वपूर्ण भनाई हरु राख्नुभएको थियो।
समिक्षा बैठक सकिँदा साथ नगर समितिको पहिलो पूर्ण बैठक बसेको थियो। उक्त बसेको बैठकले ११ जना सचिवालय सदस्य सहित केहि बिभाग हरु गठन गरेको छ, बिभाग हरु संगठन विभाग, स्कुल विभाग प्रचार प्रसार विभाग, सांस्कृतिक विभाग, महिला विभाग र खेलकुद विभाग गठन गरेको छ।
महेन्द्र शाही (MP) मुम्बई
https://youtu.be/2t6JbdDfPnc?feature=shared
subscribe youtub chinnal














प्रतिक्रिया दिनुहोस्