उद्योग वाणिज्य संघका अध्यक्ष र शिक्षक पक्राउ
धनगढीः कञ्चनपुरमा रुख काटेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। यसअघि रुख काटेको आरोपमा पक्राउ परेका बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरी रिहा भएका थिए। उनलाई हाजिरी जमानीमा छाडिएको थियो। वडा अध्ययक्ष चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषरभित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा पक्राउ परेका थिए
वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरिएको भए पनि आज पुनः दुई जना सोहि विषयमा पक्राउ परेका छन्। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट र पुर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरिएको वन कार्यालय कञ्चनपुरले जनाएको छ।
झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसरभित्र रहेका रुख कटानी गरिएको भन्दै दुबै जनालाई पक्राउ गरिएको हो। यसअघि वडाध्यक्ष चौधरी सहित बिरुद्ध उजुरी परेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको थियो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए।
https://youtu.be/7KJcCOdf5Dg?si=t4aVgTwd8fA9BBpJ





















प्रतिक्रिया दिनुहोस्