प्रधानमन्त्री र उप-प्रधानमन्त्री आज सुर्खेत आउदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज सुर्खेत आउने भएका छन।
नेकपा माओवादी पार्टीले आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुर्खेत सुर्खेत आउने भएका छन । मन्त्री प्रचण्ड सँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सुर्खेत आउन लागेको प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनु भएकाे छ।
उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत भने सुर्खेत पुगिसकेकाे र प्रशिक्षण कार्यक्रमका लागि पार्टीका पालिका कमिटीका पदाधिकारीहरु भन्दा माथिका सबै कार्यकर्ता, तथा जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुको सहभागिता रहने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरी सोमवारनै काठमाडौँ फर्किने कार्यक्रम रहेकाे जानकारि प्रदेश अध्यक्ष बिमला के सिले दिनु भएकाे छ।
साथै कर्णाली प्रदेशकाे निर्माणदिन अवस्थामा रहेकाे रंगशालाकाे अवलाेक समेत गर्ने भएका छन।














प्रतिक्रिया दिनुहोस्