स्वाभिमान खबर
भदौ २,सुर्खेत
वीरेन्द्रनगर ११ चौखेढुंगामा सशस्त्र प्रहरीका बरिस्ठ हवल्दार राम बहादुर थापाको शव भेटियो ।
वीरेन्द्रनगर ११ स्थित चौखेढुंगामा भेटिएको वेवारिसे शव सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार राम बहादुर थापाको भएको पुष्टी भएको छ ।शनिवार बिहान खोलाको किनारमा वेवारिसे अवस्थामा लास देखेपछी स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । उक्त शव नेवारे खोलाले बगाएर चौखेढुंगा स्थित पुलको छेउमा अड्काएको अवस्थामा फेला परेको बुझीएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार उनि सशस्त्र प्रहरी बल नं.३३ गण जुम्लामा कार्यरत रहेका थिए । उनी वीरेन्द्रनगर १२ स्थित बिरुवाबारी चोकमा बस्ने गरेको बुझीएको छ ।घटना कसरी भएको हाे भन्ने बिषयमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे
प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार














प्रतिक्रिया दिनुहोस्