२०८३ भाद्र २९ गते सोमवार

नेपाल कम्युनिस्ट पार्टी अछामको विशेष पहलमा आर. एन सि ट्रेडिङ प्रा. लि का प्रमुख प्रक्राउ।



 

कमल शाही ,साउन ३२
स्वाभिमान खबर, सुर्खेत

नेपाल कम्युनिस्ट पार्टीको विशेष पहलमा आर.एन.सि.ट्रेडिङ प्रा.लि. का प्रमुख राहुल चन्द भन्निने रबिन्द्र चन्द अछामबाट पक्राउ परेका छन ।चन्दले अछामका ३७ जना युवा युतिलाई १६०००/ तलब दिने भन्दै प्रत्येक प्रतीव्यक्ति बाट रु.१०३०० देखि २०३००/सम्म नगद रकम उठाएको पाइएको छ । न त उनिहरुलाई तलब नै दियोकाे थियोे न त नगद रकम फिर्ता नै गरिएको थियो।गत चैत्रमा अछाम शाखामा नेपाल कम्युनिस्ट पार्टी र प्रहरीले छापामारी कारबाही अगाडि बढाएको थियो । तेस समयमा प्रमुख प्रक्राउ परेका थिएनन् ।अछाम शाखा प्रमुख र सहायक प्रमुखलाई पक्राउ गरेर अहिले कारागार अछाममा पुर्पक्षमा राखेको छ
आज मात्र नेपाल कम्युनिस्ट पार्टी अछामको विशेष सूचनाको आधारमा अछाम प्रहरीले सो कम्पनीका प्रमुख राहुल भन्निने रबिन्द्र चन्दलाई पक्राउ गरेको छ। ठगि मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार